ओस्कार अन्तर्राष्ट्रिय कलेजले नेपाल मेची देखि महाकाली सम्म साक्षरता अभियान सञ्चालन गर्दै

नेपालका सुप्रशिद्ध  ओस्कार अन्तराष्ट्रिय कलेज नेपाल ले नेपाल भरिका ठूला  दश शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । दुई दशक देखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको ओस्कार अन्तर्राष्ट्रिय कलेजले सिनेमा सम्बन्धि स्नातक पढाई गर्ने नेपालको पहिलो कलेज रहेको छ !यसको सम्बन्ध त्रिभुवन विश्वविद्यालय संग रहेको छ भने  यसअभियान ले कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छ !यस कलेजबाट हाल सम्म १२३ वटा ब्याचमा ७५० वटा भन्दा बढी विद्यार्थी दिक्षित भइसकेको ओस्कार अन्तर्राष्ट्रिय कलेज का प्रशासनिक प्रमुख नविन न्यौपाने ले बताए !यस  अभियान अन्तर्गत पूर्व मेची देखि पश्चिम महाकाली सम्म समेट्नेगरी चैत्र १४ गते बुधबारबाट साक्षरता अभियान सञ्चालन गर्न लागेको छ! १४ गते बिर्तामोड झापा बाट सञ्चालन भई चैत्र २५ गते पोखरा मा समापन हुने ओस्कार इन्टरनेसनल कलेज का प्रशासनिक प्रमुख नन्यौपानेले बताए ! यस्तै बिर्तामोड लगायतअन्य शहरहरुमा कमश  :बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी र अन्तमा पोखरा रहेका छन् !विराटनगरमा २०८०साल चैत्र १५ गते कृषि भवन को पछाडि एवरेस्ट सेकेण्डरी स्कूलमा ११ बजे देखि सुरु भई४ बजे सम्म चल्ने न्यौपानेले बताए !हाल सम्म संस्थाले काठमाण्डौमा केन्द्रित भई कार्य सञ्चन गर्ने गरेको मा अब काठमाण्डौ बाहिर पनी यस्ता कार्यक्रम काे खाँचो रहेको महसुस गर्दै विद्यार्थीहरुलाई लक्षित गरिएको यो अभियान अन्तर्गत हरेक शहरमा एकदिने कार्यक्रमले  सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् ।कार्यक्रम अभियान अन्तर्गत सिनेमा विज्ञ द्वारा विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षा का साथ सिनेमा का बारेमा प्रभाव कारी जानकारी दिने, हाजरी जवाफ गराउने ,सिनेमा इतिहास, चरित्रप्रदर्शन, अभिनय अभ्यास ,लगायत केही छोटो सिनेमाको प्रदर्शनी गरिने ,उनले बताए !

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad