नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

शिक्षक आन्दोलन १३औं दिनमा प्रवेश: बोर्ड परीक्षा प्रभावित हुने जोखिम

 काठमाडौं, वैशाख ५ – 

शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन आज १३औं दिनमा प्रवेश गरेको छ। आन्दोलनमा सामेल शिक्षकहरूले सरकारसँगको वार्ताबाट कुनै ठोस निर्णय नआएपछि दबाबको रणनीति अपनाउँदै परीक्षा बहिष्कारको चेतावनी दिएका छन्। कक्षा १२ को बोर्ड परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तय भएको छ, तर महासंघले परीक्षा बहिष्कार गर्ने रणनीति बनाएपछि शिक्षण तथा परीक्षामा प्रत्यक्ष प्रभाव पर्ने सम्भावना देखिएको छ।

शिक्षकहरूको प्रमुख मागहरूमा शिक्षा ऐनको पुनरावलोकन, स्थायी नियुक्तिमा पारदर्शिता, करार शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य, र पेशागत सुरक्षाका विषयहरू रहेका छन्। आन्दोलनरत शिक्षकहरूले सरकारले संवादको ढोका खोल्न विलम्ब गरिरहेको आरोप लगाएका छन्। उनीहरूले परीक्षा केन्द्र प्रमुख र निरीक्षकको भूमिकामा सहभागी नहुने निर्णयसमेत गरेका छन्।

शिक्षा मन्त्रालयले शिक्षकहरूको मागप्रति गम्भीरतापूर्वक विचार भइरहेको जनाएको छ भने केही चरणमा संवादको प्रयास भइरहे पनि समाधान नजिक पुगेको अवस्था भने देखिएको छैन।

Post a Comment

Previous Post Next Post