नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

पाल्पामा डढेलोले ठूलो वन क्षेत्र प्रभावित, वातावरण र वन्यजन्तुमा असर

पाल्पा जिल्लामा हालै व्यापक रूपमा फैलिएको डढेलोले करिब ५ हजार ४२० हेक्टर वन क्षेत्र क्षतिग्रस्त बनाएको छ। डढेलोका कारण स्थानीय वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै वातावरणीय असन्तुलन समेत उत्पन्न भएको छ।

डढेलो विशेष गरी रामपुर, रैनादेवी छहरा, तिनाउ र माडि क्षेत्रका सामुदायिक र राष्ट्रिय वनहरूमा फैलिएको छ। सुक्खा मौसम, तेज हावा र वर्षाको अभावका कारण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

वन डिभिजन कार्यालय पाल्पाका अनुसार, डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा रेडक्रस जस्ता संघसंस्थाको सहयोगमा काम भइरहेको छ। तर, दुर्गम भौगोलिक संरचना र आगो फैलिने गति तीव्र भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ।

डढेलोले वनस्पति, जैविक विविधता र स्वच्छ हावामा प्रत्यक्ष असर पार्नुका साथै धुवाँका कारण बालबालिका, वृद्धवृद्धा र दमका रोगीहरूमा स्वास्थ्य समस्या बढेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

यस घटनाले वन संरक्षणप्रति राज्यको ध्यान केन्द्रित गरिनुपर्ने, स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने र दिर्घकालीन डढेलो नियन्त्रण रणनीति आवश्यक भएको विषयलाई पुनः उजागर गरेको छ।

Post a Comment

Previous Post Next Post