चीनको साइबर आक्रमणको आरोपमा अमेरिका फस्दा विश्वभर तनाव

अमेरिकी NSA का एजेन्टहरूले संवेदनशील चिनियाँ प्रणालीहरूमा पहुँच प्रयास गरेको चीनको आरोप, डिजिटल सुरक्षा संकट गहिरिँदै

चीनले अमेरिकालाई उन्नत स्तरको साइबर आक्रमण सञ्चालन गरेको आरोप लगाएको छ। चिनियाँ अधिकारीहरूका अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (NSA) का एजेन्टहरूले देशको प्रमुख सञ्चार, रक्षा र अनुसन्धान निकायहरूलाई लक्षित गर्दै गोप्य सूचनाहरू चोर्ने प्रयास गरेका छन्।

चीनको साइबर सुरक्षा नियामक निकायले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ कि अमेरिकी ह्याकिङ प्रयासहरू योजनाबद्ध र संगठित थिए, जसमा संवेदनशील डेटा चोरी तथा सिस्टम निष्क्रिय गर्ने उद्देश्य राखिएको थियो। चीनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ र यसमाथि अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ।

विश्लेषकहरूका अनुसार यो आरोपले दुई देशबीचको प्रविधि युद्ध (tech war) लाई थप तिब्र बनाउने छ, जसको असर विश्वभरि पर्नेछ, विशेषगरी विकासशील मुलुकहरूमा साइबर सुरक्षा जोखिम बढ्नेछ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad