Subscribe Us

अफगानिस्तानमा अमेरिकी हतियार हराएपछि सुरक्षा संकट गहिरियो

पाँच लाखभन्दा बढी अमेरिकी हतियार हराएको रिपोर्ट सार्वजनिक, चरमपन्थी समूहहरूमा पुग्ने खतरा

अफगानिस्तानमा पाँच लाखभन्दा बढी अमेरिकी बनोटका हतियारहरू हराएको एक रिपोर्टले खलबली मच्चाएको छ। अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ बाँकी रहेका हातहतियारहरूको ठेगान नमिल्दा, ती हतियारहरू चरमपन्थी समूहहरूजस्तै अलकायदासम्म पुग्न सक्ने गम्भीर आशंका उठेको छ।

यो स्थिति अफगान सुरक्षाबलहरूका लागि मात्र नभई छिमेकी देशहरूको सुरक्षाका दृष्टिले पनि चिन्ताजनक छ। अफगान तालिबान नेतृत्वले हतियारको सही व्यवस्थापनमा असक्षमता देखाएको विश्लेषणहरू छन्। अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले यो समस्यालाई तुरुन्त सम्बोधन नगरेमा दक्षिण एशियामा हिंसा र आतङ्कवाद पुनः सक्रिय हुन सक्ने चेतावनी दिएका छन्।

Post a Comment

0 Comments