सहकारी तथा लघुवित्त पीडितको काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

बचत फिर्ताको माग गर्दै माइतीघर मण्डलामा सहकारी तथा लघुवित्त पीडितहरूको अर्धनग्न प्रदर्शन, ‘माग पूरा नभए पूर्ण रुपमा नाङ्गो हुने’ चेतावनी

सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन्। सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्नो माग सुनुवाइ नभएको भन्दै कडा असन्तोष प्रकट गरेका हुन्।

उनीहरूले ‘हाम्रो माग पूरा नभए आफूहरू नाङ्गो हुन तयार छौँ’ जस्ता नारा लगाउँदै सरकारलाई दबाव दिएका छन्। बचत फिर्ताको माग गर्दै विगत केही महिनादेखि सहकारी पीडितहरू निरन्तर आन्दोलनरत छन्। यद्यपि, सरकारले अहिलेसम्म उनीहरूको बचत फिर्ताको सुनिश्चितता गर्न सकेको छैन।

प्रदर्शनमा सहभागीहरूले आफूहरूको जीवनभरको पसिना बचत सहकारी तथा लघुवित्त संस्थामा थुप्रिएको तर असुल गर्न नसकिएको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

महासंघले तत्काल समस्याको समाधान नगरे आन्दोलन अझ व्यापक बनाउने चेतावनीसमेत दिएको छ। आन्दोलनमा देशभरबाट सहकारी पीडितहरू सहभागी भएका थिए।


Previous Post Next Post

Ads

نموذج الاتصال