पड़ोसी प्रथम नीति' अन्तर्गत भारतले नेपाललाई २ मिलियन अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री र सहयोग हस्तान्तरण
भारतले ‘पड़ोसी प्रथम नीति’ अन्तर्गत नेपाललाई २ मिलियन अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गरेको छ। यो सहायता स्वास्थ्य पूर्वाधार सुदृढीकरण, औषधि तथा चिकित्सा उपकरणहरू उपलब्ध गराउनका लागि प्रदान गरिएको हो।
भारतीय दूतावासमार्फत हस्तान्तरण गरिएको सहयोगमा अत्यावश्यक औषधि, उपकरण र अन्य स्वास्थ्य सामग्रीहरू समावेश छन्। दूतावासका अनुसार, यस सहायताले नेपालका ग्रामीण र कमजोर स्वास्थ्य सेवा पहुँच भएका क्षेत्रहरूमा सेवा सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दुई देशबीचको मित्रता, सहयोग र आपसी सद्भावको प्रतीकस्वरूप प्रदान गरिएको यो सहायता भविष्यमा पनि निरन्तर हुने दाबी भारतीय पक्षले गरेको छ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत सरकारलाई धन्यवाद दिंदै उक्त सहायता महामारीपछिको स्वास्थ्य पुनर्निर्माण र प्रणाली सुदृढीकरणमा उपयोगी हुने विश्वास व्यक्त गरेको छ।