भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणप्रति नेपालद्वारा कडा भर्त्सना

पर्यटकमाथिको आक्रमणप्रति दुःख व्यक्त गर्दै नेपालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

काठमाडौं, वैशाख १०, २०८२

नेपाल सरकारले भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा पर्यटकमाथि भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। आक्रमणमा परी केही पर्यटकको ज्यान गएको र अन्य केही घाइते भएको समाचार भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालले आतंकवादी हिंसाको कडा शब्दमा भर्त्सना गर्दै उक्त घटनाले मानवता माथि प्रहार भएको स्पष्ट पारेको छ।
“हामी यस हिंसात्मक घटनाप्रति अत्यन्त दुःखी छौं,” विज्ञप्तिमा भनिएको छ, “मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”नेपालले सधैं आतंकवादको विरुद्धमा दृढ अडान लिँदै आएको छ र यस प्रकारका घटनाहरूको अन्त्यको माग गर्दै आन्तरिक तथा क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा समर्थन जनाउँदै आएको छ।

नेपालले दक्षिण एशियाली मुलुकहरूबीच आपसी समन्वय र सूचना आदानप्रदानमार्फत यस्ता गतिविधिहरूको रोकथाम गर्नुपर्नेमा पनि जोड दिएको छ। “आन्तरिक सुरक्षा मात्र होइन, अन्तरदेशीय संयन्त्रहरू सुदृढ पार्नुपर्ने आवश्यकता छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।नेपालले यस्ता आतङ्कवादी घटनालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ र एकजुट भएर यस्ता क्रियाकलापको सामना गर्न आग्रह गरेको छ।

Previous Post Next Post

Ads

نموذج الاتصال