संसदमा अड्किएको शिक्षा विधेयकले चर्कायो शिक्षक आन्दोलन, २२ दिनदेखि कक्षा ठप्प

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी, विधेयक पारित नभएसम्म विद्यालय नखोल्ने अडान

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सार्वजनिक विद्यालयका शिक्षकहरू शिक्षा विधेयक पारितको माग गर्दै निरन्तर आन्दोलनमा छन्। आन्दोलन आज २२ औं दिनमा प्रवेश गरेको छ।

शिक्षकहरू काठमाडौंको माइतीघर मण्डलामा नियमित प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरूले संसदबाट शिक्षा विधेयक पारित नभएसम्म विद्यालय नखोल्ने निर्णय लिएका छन्, जसका कारण कक्षा १२ सहितका सबै तहका पठनपाठन प्रभावित बनेका छन्।

शिक्षा विधेयक संसदको समितिमा १८ महिनादेखि अड्किएको छ। समितिमा १५० भन्दा बढी संशोधन प्रस्तावहरू परेका छन्, जसले विधेयक पारित प्रक्रियामा ढिलाइ गरिरहेको छ।

यहीबीच, सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई संसदको प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन्। उनले संसद शनिबार र सार्वजनिक बिदाका दिन पनि सञ्चालन गरेर विधेयक छिटो पास गराउने प्रस्ताव अघि सारेका छन्।

शिक्षकहरूको आन्दोलन र विधेयक पारितको अनिश्चितताले विद्यार्थी, अभिभावक र सम्पूर्ण शिक्षण क्षेत्रलाई ठूलो असर परेको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad