पोखरा बस दुर्घटना: २८ भारतीय पर्यटक घाइते

पुम्दीभुम्दीमा बस अनियन्त्रित हुँदा छत्तीसगढ़बाट आएका पर्यटक सवार गाडी दुर्घटना, दुईको अवस्था गम्भीर

पोखरा, — पोखराको पुम्दीभुम्दी क्षेत्रमा आज एक पर्यटक बस दुर्घटना हुँदा २८ जना भारतीय नागरिक घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेहरूलाई गण्डकी मेडिकल कलेज र चरक अस्पतालमा उपचार गरिँदैछ। बसमा भारतको छत्तीसगढ़ राज्यबाट आएका ४९ जना तीर्थयात्री सवार थिए, जो पोखरा घुम्न आएका थिए।

दुर्घटनाको कारण बसको गति नियन्त्रणमा नरहनु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले घटनास्थलमा पुगेर उद्दार कार्य गरेको थियो भने चालकलाई नियन्त्रणमा लिएको छ।

स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान अघि बढाएको छ। यस्ता घटनाले पर्यटक सुरक्षाको सवालमा प्रश्न उठाएको छ भने सडक सुरक्षाका उपायहरू कडाइ गर्नुपर्ने माग उठेको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad