नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

शिक्षकहरूको सबै माग पुरा गर्न सरकार असमर्थ : शिक्षा मन्त्री पन्त

सरकारले हाललाई नौ बुँदे सहमति मात्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका सबै मागहरू तत्काल पूरा गर्न सरकार असमर्थ रहेको स्पष्ट पारेका छन्। उनले अहिलेको अवस्था र स्रोत सीमितताका कारण सरकारले नौ बुँदे सहमति कार्यान्वयनमा मात्र प्रतिबद्धता जनाउन सक्ने बताएका हुन्।

शिक्षक महासंघले पछिल्लो समय विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित विभिन्न मागहरू अघि सारेको थियो। तीमध्ये शिक्षकको स्थायित्व, सेवा सुरक्षालगायत मुद्दाहरू प्रमुख छन्। मन्त्री पन्तका अनुसार, कतिपय मागहरू नीति तथा बजेटसँग प्रत्यक्ष सम्बन्धित भएकोले तत्काल कार्यान्वयन सम्भव छैन।

महासंघले सरकारलाई शीघ्र निर्णय लिन आग्रह गर्दै, माग नमानिए सङ्घर्षको कार्यक्रम अघि बढाउने चेतावनी दिइसकेको छ।


Post a Comment

Previous Post Next Post