अर्थमन्त्री पौडेलको बजेट वक्तव्य: उत्पादनमुखी क्षेत्रमा सहुलियत, विलासी वस्तुहरूमा कर वृद्धि
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको बजेट सार्वजनिक भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै मुलुकको समष्टिगत आर्थिक वृद्धिलाई टेवा पुर्याउने खालको नीति लिएको बताएका छन्।बजेटमा सूचना प्रविधिको प्रवर्द्धन, नवप्रवर्तन (स्टार्टअप) व्यवसायको विकास, र हरित ऊर्जामा लगानीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। यी क्षेत्रमा कर छुट तथा सहुलियत दिइने घोषणा गरिएको छ।
विपरीत रूपमा, जनस्वास्थ्य र व्यावसायिक असन्तुलनका कारण मदिरा, चुरोट तथा विलासी वस्तुहरूमा कर बढाइएको छ। सरकारले कर संरचनालाई न्यायपूर्ण बनाउने प्रयासस्वरूप यस्तो व्यवस्था गरेको बताइएको छ।
बजेटले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, तथा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ। साथै, डिजिटल अर्थतन्त्रतर्फको यात्रा सशक्त बनाउन सरकारी सेवा प्रवाहमा प्रविधिको प्रयोग विस्तार गरिने उल्लेख छ।
यस वर्षको बजेटले नविन सोच, स्वदेशी लगानी प्रवर्द्धन, र दिगो विकास लक्ष्यहरूलाई ध्यानमा राखेको छ भन्ने विश्लेषणहरु आइरहेका छन्।