भारत–पाकिस्तान तनावमा नेपालले संयमता र आतंकवादविरुद्ध ऐक्यबद्धता व्यक्त गर्‍यो

शान्ति र स्थायित्वका लागि आह्वान, शत्रुतापूर्ण गतिविधिमा नेपालको भूमिबाट सहमति नहुने स्पष्ट

काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनावप्रति नेपाल सरकारले गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान, र अन्तर्राष्ट्रिय कानुनी मान्यतामा आधारित कूटनीतिक समाधानको पक्षमा उभिएको छ।”

सरकारले आतंकवादलाई शून्य सहनशीलताको नीति अपनाउँदै आएको स्पष्ट गर्दै नेपालले आफ्नो भूमिबाट कुनै पनि किसिमका शत्रुतापूर्ण वा आतङ्ककारी गतिविधि हुन नदिने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ।

नेपालले आतंकवादविरुद्धको साझा लडाइँमा क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता जनाएको छ।

परराष्ट्र नीतिमा स्वतन्त्र, तटस्थ र शान्तिपूर्ण दृष्टिकोण राख्ने नेपालले छिमेकी राष्ट्रहरूलाई आपसी संवाद र सहकार्यमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad