नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स इटहरीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा रेडक्रसको सहकार्यमा तीन चरणमा कार्यक्रम सम्पन्न, ५५ जनाले गरे रक्तदान

इटहरी, वैशाख २२ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं स्थापना दिवसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वैशाख २१ गते आयोजित यस कार्यक्रममा कम्पनीले रेडक्रस सोसाइटी इटहरी, सुनसरीको सहकार्यमा कोशी प्रदेश कार्यालय, इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो—प्रभात फेरी, रक्तदान कार्यक्रम र सम्मान तथा प्रमाणपत्र वितरण। इटहरीस्थित कार्यक्रमको संयोजन पेशागत बीमा अभिकर्ता संघ नेपाल, विमक समिति नेपाल तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालयले गरेका थिए।

पेशागत बीमा अभिकर्ता संघ इटहरीका अध्यक्ष सुर्य प्रसाद दाहालका अनुसार, नेपालभरिका सातवटै प्रदेशमा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। इटहरीमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए भने करिब २०० भन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा २० वर्षभन्दा बढी सेवा गरेका १३ जना वरिष्ठ बीमा अभिकर्तालाई खादा ओढाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै, रक्तदाताहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको छ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार, यस्ता सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमहरूले बीमा क्षेत्रको योगदान मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि स्पष्ट पार्छ।


Post a Comment

Previous Post Next Post