पाँच दिने प्रदर्शनीमा अटोमोबाइल प्रविधि, डिजाइन र नवप्रवर्तनशील सोचको एकै स्थानमा झल्को
काठमाडौं, जेठ ५ —
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलि, जेठ ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।
पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा विश्वका प्रमुख अटोमोबाइल निर्माता कम्पनीहरू, नवप्रवर्तनशील स्टार्टअपहरू, उद्योग विशेषज्ञहरू र नीति निर्माता सहभागी हुनेछन्।
कार्यक्रममा नवीनतम इलेक्ट्रिक सवारीसाधनहरू, स्मार्ट मोबिलिटी समाधानहरू, हरित प्रविधि र भावी ट्रेन्डहरू प्रदर्शन गरिनेछ। आयोजक संस्था अनुसार, एक्स्पोले नेपालको अटोमोबाइल क्षेत्रको विकास, नवप्रवर्तन प्रवर्द्धन र वातावरणमैत्री प्रविधिको विस्तारमा सघाउने अपेक्षा गरिएको छ।
Tags
समाचार