नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु, बिहेघरको खुसी एकाएक शोकमा बदलियो

बिहेको घरमा माइक समात्नेबित्तिकै करेन्ट लाग्दा ७० वर्षीया दुई महिलाको निधन

मोरङ, — मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी घर भएकी दुई वृद्ध महिलाको करेन्ट लागेर मृत्यु भएको छ। घटना आज बेलुका करिब ८:३० बजे एक बिहेको घरमा गीत गाउने क्रममा भएको हो।

स्थानीयका अनुसार, प्रयोग गरिएको माइकमा अचानक करेन्ट प्रवाह हुँदा ७० वर्षीया रामु देवी गन्गाई र सुर्य देवी गन्गाईलाई करेन्ट लागेको थियो। माइक समात्नेबित्तिकै उनीहरू भुइँमा लडेका थिए।

घटना लगत्तै दुबैलाई गम्भीर अवस्थामा रंगेली अस्पतालतर्फ लैजाने प्रयास गरिएको थियो, तर बाटोमै मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

खुसीयालीले भरिएको बिहेको माहोल एकाएक शोकमा परिणत भएको छ। स्थानीय समाज स्तब्ध बनेको छ र विद्युत उपकरणको प्रयोगमा सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।


Post a Comment

Previous Post Next Post