नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

TERAMOCS खरिद घोटालामा १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा

पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर

काठमाडौं,  — भ्रष्टाचार अनुसन्धान आयोग (CIAA) ले सूचना प्रविधि सम्बन्धी TERAMOCS प्रणाली खरिद प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित १६ जना व्यक्तिहरू र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानका क्रममा प्राविधिक मूल्याङ्कनमा गम्भीर त्रुटि, खरिद प्रक्रियामा नियमविपरीत निर्णय, र राज्यलाई आर्थिक हानी पुर्‍याउने कार्य भएको पाइएको अख्तियारले जनाएको छ। आयोगका अनुसार यो कार्यले सार्वजनिक कोषमा अनियमितता भएको देखिएको छ।

TERAMOCS (Telecommunication Traffic Monitoring and Fraud Control System) प्रणाली सूचना प्रविधि निगरानीको लागि ल्याइएको थियो, तर खरिदमा पारदर्शिता नदेखिएको भन्दै अख्तियारले कारबाही अगाडि बढाएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा मन्त्रालयका तत्कालीन अधिकारी, प्राविधिक मूल्याङ्कनकर्ता, खरिद समिति सदस्य र सम्बन्धित निजी कम्पनीका प्रतिनिधि छन्।


Post a Comment

Previous Post Next Post