नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

दुर्गा प्रसाईंमाथि मिडिया र सार्वजनिक सम्पत्तिमा आगजनी उक्साएको आरोप, पुर्पक्षका लागि कारागार चलान

तीनकुने प्रदर्शनका क्रममा हिंसात्मक सन्देश पठाएको पुष्टि भएपछि अदालतको आदेशमा डिल्लीबजार कारागार चलान

काठमाडौं, १ असार — गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा उग्र गतिविधिमा उक्साएको प्रमाणसहित आन्दोलनका अगुवा दुर्गा प्रसाईंमाथि कारबाही अघि बढाइएको छ।

‘डिजिटल फरेन्सिक ल्याब’ (DFL) को विश्लेषण अनुसार, प्रसाईंले आफ्ना समर्थकहरूलाई सार्वजनिक सम्पत्ति र मिडिया हाउसमा आगजनी गर्न सन्देश पठाएको पुष्टि भएको हो। "अब सबै जिल्लामा यस्तै गर्नुपर्छ… मिडिया पनि जलाउनुपर्छ," भन्ने प्रकारका सन्देशहरू भेटिएको अनुसन्धान टोलीले जनाएको छ।

उक्त प्रदर्शनमा प्रहरीसँगको झडपपछि सवारीसाधन, कार्यालय र उद्योगहरूमा आगजनी भएको थियो। कान्तिपुर र अन्नपूर्ण पोस्टको कार्यालयमा समेत आक्रमण भएको थियो।

यिनै प्रमाणहरूका आधारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो। उनीमाथि ‘कर्तव्य ज्यान’, ‘राज्यविरुद्धको कसुर’, ‘आपराधिक उपद्रव’ जस्ता पाँचवटा मुद्दा दर्ता गरिएका छन्।

प्रसाईं हाल "राष्ट्र, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान" का संयोजक रहेका छन्। आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको ज्यान गएको घटना पनि अनुसन्धानको केन्द्रमा रहेको छ।

आन्दोलन हिंसात्मक बनेपछि फरार भएका प्रसाईंलाई २९ चैतमा भारतको आसामबाट पक्राउ गरिएको थियो।

यसै प्रकरणमा ६१ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा ३२ जना धरौटीमा छुटेका छन् भने बाँकी केही अझै पक्राउमा छैनन्।

Post a Comment

Previous Post Next Post