प्रतिनिधि सभा बैठक विपक्षीको अवरोधपछि स्थगित, पुनः बुधबार १ बजे बोलाइयो

भिजिट भिसा घोटालामा उच्चस्तरीय छानबिनको माग गर्दै विपक्षी सांसदहरूको अवरोध

प्रतिनिधि सभाको आजको बैठक विपक्षी सांसदहरूको अवरोधका कारण स्थगित गरिएको छ। विपक्षी दलहरूले हालै सार्वजनिक भएको भिजिट भिसा घोटालाको गम्भीर छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरेका थिए।

सभामुख देवराज घिमिरेले बैठकमा नियमित कार्यसूची अघि बढ्न नसकेपछि बैठक स्थगनको घोषणा गर्दै अर्को बैठक बुधबार अपराह्न १ बजे पुनः बोलाउने निर्णय गर्नुभएको हो।

सांसदहरूले घोटालामा संलग्न भनिएका सरकारी अधिकारीहरू र दलनिकट व्यक्तिहरूको नाम बाहिर आएको भन्दै गम्भीर अनुसन्धानको माग गरेका छन्। सरकारले हालसम्म स्पष्ट प्रतिक्रिया नदिएको भन्दै विरोध अझ चर्किएको हो।

यता, सरकार पक्षले अनुसन्धान प्रक्रिया अघि बढिसकेको बताउँदै अवरोधको राजनीति नगर्न विपक्षीलाई आग्रह गरेको छ।


Previous Post Next Post

Ads

نموذج الاتصال