५औं जिल्ला सम्मेलनमा माधव नेपालको भनाइ– “एकताले समावेशी लोकतन्त्र र भ्रष्ट्राचारमुक्त शासनको बाटो खुल्छ”
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा एकताको आवश्यकता औंल्याउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन्। पार्टीको विद्यार्थी संगठनद्वारा आयोजित पाँचौं जिल्ला सम्मेलनमा बोल्दै उनले सामाजिक न्याय, समावेशी लोकतन्त्र र भ्रष्ट्राचारमुक्त शासन व्यवस्था निर्माणका लागि कम्युनिस्ट शक्तिहरूबीच ऐक्यबद्धता अत्यावश्यक रहेको बताए।
अध्यक्ष नेपालले विगतका आन्दोलन र उपलब्धिहरूलाई संरक्षण गर्दै भविष्यको नेतृत्व गर्न सक्षम बनाउने आधार एकता नै भएको स्पष्ट पारे। उनले सबै वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीच विचार र उद्देश्यमा साझा समझदारी बनाइ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनको भनाइमा, बिखण्डन र आन्तरिक प्रतिस्पर्धाले जनताको विश्वास गुमाउने खतरा बढेकोले अबको बाटो सहकार्य र सशक्त संगठन निर्माणतर्फ मोडिनु पर्नेछ। सम्मेलनमा सहभागी विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले जनतामुखी शासन, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्वको आधार निर्माणका लागि युवाहरूको भूमिका निर्णायक हुने बताए।