नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

धनपालथान–१ स्थित उखुबारीमा लुकाएर राखिएको २६ बोरा गाँजा प्रहरीले फेला पार्‍यो, अनुसन्धान जारी

 मोरङको धनपालथान गाउँपालिका–१ नोचा स्थित एक उखुबारीमा लुकाइ राखिएको करिब ८०० किलोग्राम गाँजा प्रहरीको संयुक्त टोलीले बुधबार बरामद गरेको छ।

 इलाका प्रहरी कार्यालय रङ्गेली र सशस्त्र प्रहरी बल नोचा तथा सोरभागको संयुक्त टोलीले २६ बोरामा प्याक गरिएका अवस्थामा गाँजा फेला पारेको हो।

उक्त गाँजा एक स्थानीय किसानको उखुबारीमा लुकाइ राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सुराकीका आधारमा खटिएको टोलीले बारीमा गहिरो जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। हालसम्म यससँग सम्बन्धित कुनै व्यक्तिलाई पक्राउ गरिएको वा अनुसन्धानको दायरामा को-को छन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरिएको छैन।

गाँजा बरामद भएसँगै प्रहरीले यसलाई ठूलो तस्करी सञ्जालसँग जोडेर हेरेको छ। स्थानीय प्रशासन र सुरक्षासंस्थाहरूले लागूपदार्थ नियन्त्रणमा कडाइ ल्याउने संकेत दिएका छन्।

Post a Comment

Previous Post Next Post