नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

पत्रकार सन्तोष देउजामाथि धम्कीप्रति प्रेस सेन्टर नेपालको गम्भीर आपत्ति

स्पेनमा भएको भनिएको मानव तस्करी प्रकरण सार्वजनिक गरेपछि पत्रकार देउजामाथि सामाजिक सञ्जालमा धम्की र चरित्र हत्या प्रयास

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ को नाममा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजामाथि धम्की आइरहेका छन्।

उक्त विषय अडियोसहित कपुरबोट मिडियामार्फत उजागर गरेका देउजामाथि सामाजिक सञ्जालमार्फत डर, त्रास फैलाउने र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको हो।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको बताए। "समाचार सार्वजनिक गरेकै आधारमा पत्रकारलाई लक्षित गरी भइरहेको धम्की, दुष्प्रचार र मानसिक दबाब प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप हो," विज्ञप्तिमा उल्लेख छ।

प्रेस सेन्टरले पत्रकार देउजाको पूर्ण सुरक्षाको सुनिश्चितता गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै, यस्ता गतिविधिको तुरुन्त अन्त्यको माग गरेको छ।

यस घटनाले पुनः एकपटक नेपालमा पत्रकारको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ। प्रेस स्वतन्त्रताको संरक्षणका लागि नागरिक समाज, मिडिया संस्थाहरू र मानव अधिकारवादीहरूले पनि चासो देखाएका छन्।

Post a Comment

Previous Post Next Post