नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

विराटनगरमा पुसको दोस्रो साता व्यापार मेला आयोजना गर्ने तयारी

जेनजी आन्दोलनपछिको आर्थिक क्रियाकलाप पुनर्जीवित गर्ने उद्देश्यसहित मोरङ व्यापार संघले मेला तयारी थाले

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा पुसको दोस्रो हप्तामा व्यापार मेला आयोजना गर्ने तयारी थालेको छ। मेलाले जेनजी आन्दोलनपछिको थलिएको आर्थिक गतिविधि पुनर्जीवित गर्ने उद्देश्य राखेको छ।

संघले मेला तयारीको संयोजकको रूपमा उद्योगी अमित शारडालाई जिम्मेवारी दिएको छ। संयोजक शारडाले प्रारम्भिक अध्ययन र तयारी अघि बढाइरहेको जानकारी दिएका छन्।

अहिलेसम्म मेला आयोजनाको ठ्याक्कै स्थान तय भएको छैन, तर पुसको दोस्रो साता, अंग्रेजी नयाँ वर्षको आसपास मेला आयोजना गर्दा शहरमा रौनक बढ्ने अपेक्षा गरिएको छ।

संघले केही दिनभित्र मेला सम्बन्धी औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। आयोजनाले स्थानीय उद्योगी, व्यापारी र सर्वसाधारणलाई सहभागी गराउने लक्ष्य राखेको छ।

Post a Comment

Previous Post Next Post