गगन थापाको कडा प्रतिवाद: “नेपाली कांग्रेस निजी कम्पनी होइन, निकाल्ने अधिकार कसैलाई छैन”

विशेष महाधिवेशनस्थलबाट महामन्त्री थापाले संस्थापन पक्षको निष्कासन निर्णयलाई अस्वीकार गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढेको दाबी

“Nepali Congress Is Not a Private Company — No One Has the Authority to Expel Us”

काठमाडौं —नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरूमाथि निष्कासन गर्ने निर्णय गरेको खबरप्रति कडा प्रतिक्रिया जनाएका छन्। बुधबार विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस कुनै निजी कम्पनी नभएको र कसैलाई मनलाग्दी रूपमा निकाल्ने अधिकार कसैसँग नभएको स्पष्ट पारेका छन्।

थापाले बाहिर जे–जस्तो निर्णय सार्वजनिक भए पनि समझदारीका लागि सबै पक्ष महाधिवेशन हलभित्र आउनै पर्ने बताएका छन्। उनले केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निष्कासन गरेको समाचार आएको उल्लेख गर्दै प्रश्न गरे, “नेपाली कांग्रेस तपाईँको निजी कम्पनी हो र निकाल्नलाई?”

उनले आफूहरूलाई कसैले पार्टीभित्र आउन आग्रह नगरेको र बाहिर जान आदेश दिन सक्ने हैसियत पनि कसैसँग नरहेको बताए। विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको उल्लेख गर्दै थापाले संस्थापन पक्षले मात्र आयोग बुझ्ने ठान्नु गलत भएको धारणा राखे।

थापाले शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रियामा आफूहरू अघि बढिरहेको बताए। उनले कारबाहीको निर्णय लिनुअघि आफूलाई स्पष्टिकरणसमेत नसोधिएको भन्दै आपत्ति जनाए।

“म पार्टीको महामन्त्री हुँ, कारबाही गर्नुअघि कम्तीमा एकपटक सोधिनुपर्थ्यो,” थापाले भने, “निजी कम्पनीमा समेत कर्मचारीलाई स्पष्टीकरण सोधिन्छ।”

उनले नेपाली कांग्रेस नफुट्ने स्पष्ट पार्दै आधिकारिक पार्टी यही विशेष महाधिवेशनबाट अघि बढ्ने दाबी गरे। प्रधानमन्त्रीको उम्मेदवार जोसुकै बनाउँदा पनि हुने भए पनि शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाउने कुरा नैतिक रूपमा स्वीकार्य नहुने उनको भनाइ छ।

Post a Comment

Previous Post Next Post