नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

माघे सङ्क्रान्ति मा तिलको लाडु च्युरा को लाडु र भुजा को लाडु बनाई खाने चलन नेपाल र भारतमा प्रख्यात

माघ महिना को पहिलो दिन मक्कर सङ्क्रान्ति पर्व मा हाम्रो समाजमा तिल को लाडु संगै चुरा तथा भुजा को लाडु बनाएर खाने परम्परा रहेको छ ! हाम्रो समाजमा यस पर्व मा खासै कुनै देवी देवताको पूजा नगरी तिलको लाडु संगै च्युरा भुजा को लाडु बनाएर खाने गरिन्छ ! हिन्दू धर्मावलम्बीहरुले मनाउने हरेक पर्व को पूजा पाठ जाती र समाज अनुसार फरक हुन सक्छ ! हाम्रो देश नेपाल बहुभाषिक,बहु जाती,बहुधार्मिक र बहुसांस्कृतिक ले भरिपुर्ण राष्ट्रिय रहेको छ ! यो हिन्दू धर्मालम्वी हरुले मनाउने मुख्य पर्वहरू मध्ये मक्कर सङ्क्रान्ति पनि एक हो ! कुनै जाति वा समाज ले सामूहिक रूपमा पूजा पाठ गर्ने गरिन्छ भने कुनै समाज वा जाती ले आफ्नै घर देवतालाई प्रसाद चढाइ मनाइन्छ त कुनै समुदायले मात्र प्रकार बनाई खाने गरेको चलन रहेको छ ! जोतिष शास्त्र एवम भूगोल शास्त्र अनुसार सूर्यले धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने दिन भएको हुनाले आज को दिन माघ १ गतेलाई माक्कर सङ्क्रान्ति भन्ने गरिन्छ ! मकर संक्रान्ति को दिन हिन्दू परिवारले घर आँगन लाई गाई को गोबर बाट लिपा पोती गरी शुद्ध बनाई परिवारका हर सदस्यले स्नान गरी तिल, च्युरा,र भुजा को लडु बनाई खाने चलन रहेको छ ! 


मौसम अनुसार यो समय जाडो हुने भएको ले उँहीलेको समयमा मानिस हरु धेरै दिन पछी नुहाउने गर्थे ! नुहाउनु पर्छ भने कुनै बाध्यता थिएन !आज को जस्तो त्यति बेला नुहाउने साबुन पनि पाउनु सहज थिएन जस कारण ज्यूभरी मा लुगहरुमा जुम्रा समेत उम्रेको पाइन्थ्यो ! मकर संक्रान्ति देखि दिन पनि ठूलो हुने हुँदा रात घट्दै जानेले धार्मिक ,आध्यात्मिक र एतिहासिक परिवर्तनले गर्दा यस दिन पवित्र नदी मा स्नान गरी निस्वार्थ एवम स्वच्छ मन ले दानपुन गरनाले फलदायी हुने धार्मिक ग्रन्थ मा यूलेख छ !यसै अनुरूप जाडो भरीमा न नुहाउने पनि माघे सङ्क्रान्तिको दिन पर्वकैबहानामा नुहाउने बाध्यताले यस पर्वको विशेष महत्त्व बढेको छ !भगिरथले सोहिदिन गंगालाई स्वार्ग बाट अवतरण गराई सागरमा मिलाइएको थियो भने गंगा पुत्र भीष्मले सोही दिन आफ्ना मृत्युलाई रोजेका थिए !भने प्रमाण महाभारतमा उलेख् छ ! यही कारण हो कि मकर सङ्क्रान्ति को दिन प्रयाग र गंगासागरमा गरिने स्नान लाई महा स्नान भनिन्छ र नदी नाला मा गरिने स्नान पनी फल्दाई हुन्छ ! .

Post a Comment

Previous Post Next Post