Subscribe Us

भकका जहिले पनि घर मा बनाउन नहुने खाद्य प्रकार हो !राजवंशी हरुले भक्का दिवस पनि मनाउने गर्छ !

नेपाल को पूर्वी क्षेत्र सुनसरी मोरङ र झापा जिल्ला हरुमा वर्षको बार्है महिना चौक चौराह हटिया बजारमा भक्का बिक्री भई रहेको देखन सकनु हुन्छ !
अन्न बाट बनेको ताजा खाजा (नास्ता) को रूपमा प्रयोग हुने भाकाका को आफ्नै विशेषता रहेको छ !
जाडो महिनाको लागि भाक्का सबैलाई मनपराउने प्रकार बनी सकेको छ !
भक्क चामल को पिठो बाट तयार गरिन्छ !
हुन मा त भक्का हटिया बजारमा बार्है महिना बिक्री भएको पाइन्छ! तर खास गरी मंसिर देखि माघ सम्म यो परिकार तराई र मधेशको घरघरमा बनाएर खाने गरिन्छ ! यस भक्का ले धेरै लाई रोजगार पनी प्रदान गरेको छ !
यो भक्का बजारमा जहिले पनि किनेर खान सकिन्छ !
                                                             
हाम्रो देश नेपाल बहु जाती,बहु भाषी र बहु संस्कृति को देश हो ! यहाँ हरेक समाज गाउँ टोल को रीति संस्कृति फरक फरक हुन्छ ! यसै अनुरूप भाकाका बनाएर खाने संस्कृति पनि फरक रहेको देखिन्छ!
हाम्रो समाजमा भक्का को एक अलग रिवाज संस्कृति रहेको छ !
हाम्रो समाजमा जो किसानको खेतमा ,धान लागेको हुन्छ ,या आंगन खामार मा दाई गर्न जम्मा गरेको देखीन्छ यो धान जब सम्म भण्डार हुँदैन तब सम्म उसको घरमा भक्का बन्दैन ! खान इच्छा भए बजार बाट किनेर खान मिल्छ ! तर आफ्नो घरमा बनाउन मिल्दैन ! यो हाम्रो पूर्खौ देखिको रिवाज हो !
अब कुरा गरौं राजवंशी समाज को !
भक्का पूर्वी नेपालमा रहेका कोच राजवंशी समुदायको एक लोकप्रिय खाजा को परिकार हो !
भक्का लाई राजवंशी हरुले एक परम्परागत खाना भनेर मानिन्छ! यसले राजवंशी समाजको रीती , संस्कृति एबम मौलिकताको पहिचान प्रदान गरेको छ !
यही कारण हो कि राजवंशी समुदायले यसलाई राष्ट्रिय भक्का दिवस को रूपमा विगत को ६ वर्ष देखि मनाउँदै आईरहेको छ !
                                                            
यो भाक्का दिवस लाई पौस २९ गते मनाउने गरेको देखिन्छ !
पछिल्लो वर्ष मोरङको सुन्वर्शी नगरपालिका २ अमरदह मा भव्यता का साथ भक्का दिवस सम्पन्न गरेको थियो ! भने यस वर्ष नेपालको झापा जिल्लाको बिर्तामोडमा डोमा लाल राजबंशी स्टेडियम मा मनायिएको छ भने भने विदेशमा बस्ने कोच राजवंशी समुदाय युएईले ‘ दुवैको क्रुजमा सातौं राष्ट्रिय भक्का दिवस सम्पन्न गरेको छ !
यो भाक्का कसरी तयार हुन्छ ?
भाक्का तयार गर्न लाई अलुवा चामल चाहिन्छ ! जुनसुकै धान बाट तयार भएको अलुवा चमल लाई सफा पारी सफा पानी मा २-३ घण्टा राखनु पर्छ !त्यसपछि पानी बाट बाहिर निकाली हावामा पानी सुकाउनु पर्छ ! घाम मा राख्नु हुँ  दैन !
यसरी हवा लागेर चामलमा भएको अतिरिक्त पानी सुकेर जान्छ र चामल फ्रेश देखिन्छ ! अब चामल लाई ओखली मा कुटी वा मेशिनमा पीसी पिठो तयार हुन्छं !
                                                          
अब भक्का को लागि सानो घाटि भएको माटो को भाँडो जो कि मात्र भक्का बनाउन को लागि कुम्हाले द्वारा तयार पारेको बजार बाट ल्याउन सकिन्छ कि आफै दुइटा भाँडो राखी तयार पार्नु पर्छ ! उक्त भाँडोमा पानी हाली तताउनु पर्छ र एकातिर चामल बाट तयार पिठो लाई पानी को फोहरा हालेर हातले राग्डी रगडी मोटो दानादार बनाउनु पर्छ !
तयार पारेको दानादार पीठो लाई १००-२०० ग्राम अट्ने सानो भाँडोमा पहीले हाली लुगा ले छोपी तताई राखेको भक्काको स्पेसल भाँडोमा राख्नु पर्छ र यस प्रक्रियामा पिठो राखेको भाँडो ८-१० सेकेन्डमै निकाली लुगाले छोपी पानीको भाफ मा १-२ मिनट राख्दा भाका तयार हुन्छ !



Post a Comment

0 Comments