नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

अनुग्रह चर्ज आमगाछीले ९४ बालबालिका लाई न्यानो कपडा वितरण गरे!

माघ १ गते सोमबार अनुग्रह चर्ज ले रंगेली ५ आमगाछी, एवम इंडिया बिहार सिकटी प्रखण्ड अन्तर्गत खसी खउवा सहित ९४ बाल बालिका हरुलाई जाकेट ,पञ्जा र कापी कलम बितरण गरेका हुन् !
अनुग्रह चर्ज आमगाछी ले एक कार्यक्रम को आयोजना गरी उक्त चर्ज द्वारा संचालित रंगेली ५ आमगाछी का ४ वटा ट्युसन सेन्टर मा पठन पाठन गर्ने र इंडिया बिहार सिकटी प्रखण्ड अन्तर्गत खसी खौवा ट्युसन सेन्टर गरी ९४ बाल बालिका हरुलाई जाकेट ,पञ्जा ,कापी कलम र ट्युसन सेन्टर का शिक्षक शिक्षिका हरुलाई नोट बुक र कलम

                                       

बितरण गरेको अनुग्रह चर्ज का पाश्चर पण्डित ले बताए !आएको

रंगेली वडा न ५ आमगाछीमा जीवन विकास र ख्रीष्ट परिवार र्को सहयोगमा ४ वटा ट्युसन सेन्टर सञ्चालनमा रहेको र उक्त ट्युसन सेन्टरमा पठन पाठन गर्ने बालबालिका ख्रीष्ट परिवारको मात्र नभई हिन्दू लगायत अन्य धर्म समुदायको बाल बालिका हरु रहेको अनुग्रह चर्ज का पश्चर ले बताए !
चर्ज ले वितरण गरेको जाकेट लगायत का सामग्री स्थानिय नगर पालिका अन्तर्गतको वडा हरुमा रहेको चर्ज परिवारले आफ्ना चर्जमा गर्ने नियमित कार्यक्रम आर्ती मा आगन्तुक ख्रीष्ट समुदायबाट ५ – १० रु गरी उठाइएको वर्ष भरीको जमा राशि हरेक चार्ज बाट जम्मा गरी उक्त राशि बाट यी न्यानो कपडा मा जाकेट ,पञ्जा र बालबालिका पाठन पाठन को लागि कपी पेन वितरण गरेका छौ ! यो वस्तु हरु वितरण गर्ने हामीलाई कुनै पनि देशले डलर दिएको हुँदैन र दिएको छैन पनि यस संस्थाको उदेश्य हो मानव जीवन ,मानव समाज लाई जीवन परिवर्तन को शिक्षा दिनु ,हामी संग भए को चीज वस्तु आफूले सकेसम्म अरूलाई सहयोग गर्नु नै परमेश्वर को आदेश रहेको छ !धार्मिक सदभाव अनुरूप हाम्रो उद्देश्य हामीले आफनै लागि खान र लगाउन सोच्नु गलत हो ! विप्पन र असाह्य हरुलाई तथा अप्ठयारोमा परेका हरुलाई सहयोग गर्ने परमेश्वर को आदेश अनुरूप यी चिज वस्तु वितरण गरेका छौ भनी पशचर दानियल पण्डित ले भने !

हामी माथि बारम्बार लालचमा पारी धर्म परिवर्तन गर्ने गराउने जस्ता आरोप लाग्ने गरेको छ !तर हाम्रो यस्तो कुनै किसिमको धर्म परिवर्तन गर्ने गराउने उदेश्य कहिले पनि थिएन र आगामी दिनमा पनि हुने छैन ! हामी सबै धर्म को सम्मान गर्छौ ! तर नाशा गर्नु चुरोट ,रक्सी र गुट्खा खानु कुनै धर्मले सिकाउँदैन् यी नशालु पदार्थ नखान हामी सिकाउँछौं र खाने हरुको विरोध गर्छौ पण्डित ले भने !


Post a Comment

Previous Post Next Post