नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

ग्राम देवता थान हरुमा कलश यात्रा सहित माता भगवती को पूजा पाठ !

मोरङ को रंगेली ५आमगाछी का सम्पूर्ण ग्राम देवता थान परिवार ले माता भगवती को पूजा समपन्न गरेको छ !


सुरेन्द्र मण्डल: रंगेली मोरङ

रंगेली नगर पालिका,सुनवर्शि नगर पालिका, जहदा गाउँपालिका लगायत नेपालको सीमावर्ती क्षेत्रमा र बिहारमा समेत हरेक टोल टोल मा  हिन्दू धर्मालम्वी परिवारहरूले कुल देवताको  रूपमा   ग्राम देवता थान को स्थापना गरी पूजा गरिन्छ! यो ग्राम देवता थान पुर्खा देखि को स्थापना गरेको  ग्राम देवता थान हो !
आज भोलि टोल समाज को चाप र क्षेत्रफल अनुसार यस ग्राम देवता थान को स्थापनामा वृद्धि भएको देखिन्छ
! उक्त ग्राम देवता थान मा  बूढा पका का बयान अनुसार ३६ कोटी देवताको बास भएको धारणा रहेको छ र  मुख्यतः भगवती माता को स्थान लाई प्राथमिकता दिँदै पूजा पाठ गरेको देखिन्छ !
यस वर्ष हरेक ग्राम देवता थान मा स्थानिय परिवारले छिमेकी को गाउँ ,टोल ,लगायत इंडिया बिहार का गाउँ टोलमा धान,चामल,र पैसा मागेर पूजा सामग्री का सा थै प्रसाद सामग्री किनमेल गरी माता भगवती को पूजा गर्ने चलन रहेको छ !
                                                            
हिन्दू धर्मालम्बीहरूको अवधारणा अनुसार यसवर्ष पशु चौपाया हरुमा देखिएको शाररिक ( लम्पी स्किन )रोग माता निस्केको प्रमाण बताउँछन् ! यसैगरी मानिसको आँखा पाक्ने महामारी  रोग जस्ता घटना हरु माता भगवती को क्रोध रहेको देखिन्छ ! पुनः माता भगवती बाट मानव जीवनमा कष्ट नआओस् भनी अवधारणा अनुरूप छर छिमेक का गाउँ टोल बाट साढे तीन दिन मागेर ग्राम देवता स्थान मा विधिवत  पूजा पाठ कलश यात्रा का साथै होम जाम पूजा पाठ र प्रसाद ग्रहण जस्ता विधिवत कार्य रहेको बताउँछन् !
हाल सम्म ९५%ग्राम बासी हरु अ आफ्नो ग्राम देवता थान मा माता भगवती पूजा गरी सकेको र बाँकी रहेको गाउँ टोल को पूजा पाठ गर्न तयारी अवस्थामा रहेको देखिन्छ !
                                                             
यस्ता पूजा पाठ को अवधारणा इंडिया बिहारबाट हुँदै हाम्रो मधेशी समाज मा स्थान पाएको स्थान महिला ,बुद्धिजिवी एबम पण्डित पुरोहित को धारणा रहेको छ !
यसै अन्तर्गत रंगेली ५ आमगाछी मा  एक दर्जन भन्दा बढी ग्राम देवता थान रहेको छ र प्राय ग्राम देवता थान परिवारले  कलश यात्रा सहित माता भगवती को पूजा सम्पन्न गरी सकेको देखिन्छ !  
रंगीली नगर पालिका वार्ड नंबर ५ सावीक को आमगाछी टोल मा  गा. वि.स अन्तर्गत को ३ वडा रहेको छ१,४,९!
वार्ड नंबर  ९ मा रहेको भेलागोडी थान परिवारले पुस २९ गते शनिवार माता भगवती को पूजा सम्पन्न गरेको थियो भने साविक को आमगाछी १ नं वाड मा २ वटा ग्राम देवता थान स्थापित रहेको छ ! उक्त दुबै ग्राम थान  परिवार ले आज २०८० साल माघ ५ गते शुक्रवार को दिन माता भगवती को पूजा संपन्न गरेको छ!
माता भगवती को कलश यात्रा एवब पूजा समापन पछी प्रसाद ग्रहण कार्यक्रम मा भेला गोडी थान परिवार ले हाहुवा ,खिर र बुनिया बितरण गरेको थियो भने आमगाछी टोल को मध्यमा रहेको जिमदार थान परिवार ले हलुवा,खिर,एबम चना भुजा बितरण गरे ! त्यतै आमगाछी को दिनेश मण्डल थान परिवारले प्रसदमा खिर र हलुवा बितरण गरेको छ !

Post a Comment

Previous Post Next Post