अहिले को समयमा भारतमा मात्र हैन नेपालमा पनि अयोध्या को नाम चर्चा ले सनसनी मच्चाएको छ! किन कि ५०० साल पछि अयोध्यामा राम मन्दिरको निर्माण पूरा भई राम, लक्ष्मण र माता जानकी सहित को मूर्ति स्थापना भई प्राणप्रतिष्ठान हुने भारत सरकारको घोषणाले हिन्दू धर्म लम्बिहरु मा उत्साह भरिएको छ ! र देश विदेश को सञ्चार माध्यमहरुमा उक्त प्रण प्रतिष्ठान को चर्चा फैली रहेको छ ! भारत र नेपाल का हीन्दु समाज मा खुशयाली नारा जुलुस एवम शोभायात्रा गरीरहेका देखीनछन !
हिन्दू हरुले मान्ने हरेक देवी देवता को मठ मन्दिर हरु पौराणिक भइसके तर श्री राम जनभुमी अयोध्यामा भर्खर राम मन्दिर बनेको सुनिन्छ ! यसको खास कारण केहो ? यसघटना का इतिहास केछ ? पहिले किन राम मन्दिर बनाएको थिएन ?यस्ता धेरै प्रश्न धेरै को मनमा उठी रहेको छ होला !
अयोध्या को स्थापना कहिले भयो र कसले गर्यो ! माथिका सबै प्रश्नको जवाफ हामी तल उलेख गर्दै छौ !
हिन्दू धर्म ग्रन्थ ,रामायण, विष्णु पुराण लगायत अन्य ग्रन्थ हरु बट प्रशिद्ध कविहरु ,लेखक हरुले वर्णन गरेको कथा कहानीहरु बाट मुख्य एवम संक्षिप्त घटना हरु प्रस्तुत छ !
अयोध्या को स्थापना सरयु नदीको किनारमा वैवस्वत मनु महाराज द्वारा भएको रामायण तथा ग्रन्थ ससस्त्र हरुमा उलेख्ख छ ! बैवस्थ मनु ६६७३ ईशा पूर्व रहेको अनुमान छ !
भारतको प्राचीन ६ नगर मध्ये प्रथम अयोध्या हो ! हिन्दू धर्म लम्बिहरुको पौराणिक इतिहासमा पवित्र सप्तपूरी को रूप मा प्रख्यात अयोध्या, हरिद्वार,काशी, काची, अबन्तिका उज्ज्यिनी ,र द्वारिका रहेका छन् !
अयोध्या लाई ईश्वरको नगरी पनि भनिन्छ !
अयोध्या मा धेरै महान योद्धा,ऋषिमुनि र अवतारी पुरुष को जन्म भइसकेको छ !
ब्रह्ममा को सन्तान मरीचि , मरीची को सन्तान कश्यप , कश्यप बाट विव्वस्वान र विवशवान बाट वैबस्वत मनु को जन्म भएको र बैवस्तवत मनु ले नै६६७३ ईशा पूर्वअयोध्या को स्थापना गरेको उलेख छ !
पौराणिक कथाअनुसार ब्रह्म को मानस पुत्र मनुले ब्रह्म लाई अफ्नो लागी एउटा नगर को अस्थपनको लागि बिन्ती चढाए तब ब्रह्म जी ले मानुलाई लिएर भगवान विष्णु कहा वैकुण्ठ धाम गए र मनु द्वारा नगरको स्थापना गर्ने इच्छा प्रकट भयो ! भगवान विष्णु ले आफ्ना मनो दृष्टिले त्यो ठाउँ रोजे र ब्रह्म का साथ मा मनु र देव शिल्पी विश्वकर्मा सहित उक्त क्षेत्रमा पठय्यो !
यतिमात्र हैन पछि बाट भगवन विष्णुले महर्षि वशिष्ठ लाई पनि आफ्नो राम अवतारको लागि उपयुक्त हुने ठाउँको चयन गर्न पठाइयो !वास्तवमा महृषी विशिष्ट ले नै सरयु नदीको किनारमा देव शिल्पी विश्व कर्मा द्वारा अयोध्या को स्थापना गरे को इतिहास छ !
स्कन्द पुराण को अनुसार भगवान विष्णुको चक्रमा अयोध्या स्थापित छ !यसको लम्बाई १४८ कोष र चौडाइ ३२ कोष रहेको अनुमान आई एन अकबरी ले गरेका हुन् !
ब्रह्म का मानस पुत्र वैवस्तवत मनु को १० पुत्र थियो जस् मध्ये सातौं पुत्र को रूप मा इक्ष्वाकु रहेको थियो ! र इक्ष्वकु कुल को अधिक सन्तति हरु महान प्रतापी ,ऋषि ,अरिहंत एवम भगवान भए !
हरिश्चन्द्र,हरित, चन्चु,विजय,रुरुक,वृक,सागर, अनृशमज,अनृशुमान,दिलीप,भागीरथ ,सौर्यकामा द्वितीय,अनारन्य,नीगना,दुलीदध ,खटवांग, दिलीप,अजा र आजा को पुत्र राजा दशरथ थिए !
प्राचीन ग्रन्थ अनुसार अयोध्या को स्थापना काल ईशा पूर्व २२०० रहेको अनुमान छ र राजा दशरथ एक्ष्वकु एबम सुर्य वंश का ६३ औ शासक रहेको उल्लेख छ !
समय एबम कॉल चक्र अनुसार भगवान विष्णु अयोध्य का राजा दशरथ को जेठो सन्तान को रूपमा ५११४ ईशा पूर्व चैत्र मास को नवमी तिथिमा भगवान राम को जन्म भएको उलेख छ!र मानव कल्याण को निम्ति आफ्ना जीवन लीला प्रस्तुत गर्दै मानव जीवनलाई जीव को सही शिक्षा दिंदै मर्यादा पुरुषोत्तम श्री राम भई लव कुश जस्ता महा प्रतापी योद्धा एवम राजा स्थापित गरी पुनः विष्णु धाम मा लिन भए ! जो हामी रामायण मा देखि सकेका छौ !
भगवान श्री राम को पछि पनि उनका छोरा लव र कुश द्वारा अयोध्या को पुनः निर्माण गरी आफ्नो जीवन लीला समाप्त गरे त्यस पश्चात अगाडी ४४ पिँढी सम्म सुर्यवंश को अस्तीत्व रहेको ग्रन्थ हरुमा उलेख छ!
हिन्दू हरुको आराध्य देव रहेको श्री राम जन्म भूमिमा अयोध्या मा श्री रामको भव्य मन्दिर स्थापित रहेको थियो !१५२८ मा मुगल सम्राट बाबर सेना द्वारा राम जन्मभूमि मा भएको मन्दिर लाई तोडी द्वस्त गरी उक्त ठाउँमा बाबरी मस्जिद बनाएको ले उक्त समय देखि अयोध्या श्रीराम विहिन अवश्था मा देख्यो !
हिन्दुहरु बिस्तारै संगठित हुँदै गए ६ डिसेम्बर १९९२ मा हिन्दुहरूको रेली द्वारा उक्त बाबरी मस्जिद लाई ध्वस्त पारे!
त्यही दिन देखि हिन्दू र इस्लाम बीच द्वन्द हुन थाल्यो ! जसमा सैकड़ों हीन्दु हरु मारीए !यो द्वन्द को मुद्दा अयोध्या काण्ड उच्च न्यायालय मा समेत पुग्यो र ९ नोभेम्बर २०१९ मा अयोध्या मा श्री राम मन्दिर बनाउने घोषणा भारतीय उच्च न्यायालय ले गरे !
फैसला ले हिन्दू खुशी भएँ र ५ अगस्त २०२० मा भूमि पूजन गर्ने निधो भयो !
अयोध्या राम मन्दिर को शिलान्यास ३४ साल पहिले राजीव गान्धी सरकार को अनुमति ले ९ नोवेम्बर १९८९ मा एक दलित समुदाय का कामेश्वर चौपाल द्वारा पहिलो इटा राखिएको थियो तर त्यो सफलता पाएन !
अथार्त मा अयोध्या श्री राम मन्दिर को शिलान्यास ५ अगस्त २०२० मा भारत का वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदी द्वारा भई हाल मन्दिर पूर्ण रूपले तयार भई सकेको छ र (माघ ८ गते २०८०) २२ जनवरी २०२४ सोमबार को दिन श्री राम मूर्तिको प्राण प्रतिष्ठान हुने भारत सरकारको घोषणा ले भारत मा मात्र नभई नेपाल मा समेत श्री राम शोभायात्रा यात्रा ,कलश यात्रा ,रथ यात्रा एवम ध्वजा यात्रा जस्ता कार्य हरु हिन्दू धर्मावलंबी हरू गरी रहेको देखीन्छ !
माघ ८ गते श्री राम जानकी मन्दिर हरुमा भजन कीर्तन लगायत दीप प्रज्ज्वलन कार्य गर्ने समेत चर्चामा छ !
Tags:
Ayodhya ram mandir
Ayodhya ram mandir ethihas
History of ayodhya ram mandir
Ram janme ko thau
Ram mandir udghatan
What is the history of ram mandir ayodhya
समाचार