नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आमगाछी ईस्कुलमा शिक्षिका को सरूवा गरेको विषय मा विवाद

रंगेली नगर पालिका वडा नं ५ आमगाछी टोल मा रहेको श्री जनता मा विद्यालयमा एक शिक्षिका सरुवाको विषयमा विवाद परेको छ !आमगाछी विद्यालय मा २ वर्ष देखि करारमा कार्यरत रहेकी शिक्षिका पुनम कुमारी सिंह को सरुवा रंगेली वडा नं ५ कै अर्को श्री जन्ता मा वि बहुवान मा हुने हुँदा आमगाछी  का अभिभावकहरू विरोध जताउँदै अजय मण्डल को अगुवाईमा ८० जना अभिभावक को हस्ताक्षरमा सरुवा रोक्का गर्न   वडा कार्यालयआमगाछी को कार्यालयमा निवेदन समेत चढाए को छ ! तर वडानं ५ का  वडाध्यक्ष महानन्द मण्डल ले उक्त निवेदन दर्ता न गरी दिँदा  विवाद झनै जटिल भएको अभिभावकहरू को गुनासो छ !

शिक्षिका सिंह को सरुवाको निर्णय २०८० साल भदौ ५ गते नै भई सकेको पत्रमा उलेँख छ ! तर त्यतिका दिन देखि सरुवा हुने कुरा कसैलाई थाहा भएन ! माघ २ गते स्वयम सिंह ले सरुवा पत्र लिई आमगाछी का प्र अ लाई बुझाउँदा प्र अ महेन्द्र पण्डित आश्चर्य चकित भए को बताए !
आमगाछी को विद्यालयमा साइन्स पढाउने सिंह एक मात्र शिक्षिका हो ! आगामी २ महिना भित्रमा एस सि ई परीक्षा हुने सबैले बुझेकै हो तर सिंह सरुवा भई गई दिए यो आमगाछी को विद्यार्थी कसरी पढ्ने प्रश्न मुख्य रहेको प्र अ तथा अभिभावक ले बताए ! यही कारण हो कि अभिभावकहरुले सरुवा रोक्का का लागि वडा कार्यालय मा निवेदन चढाए !                                          
वडा अध्यक्ष महानन्द मण्डल ले निवेदन दिएको सही हो तर माघ ८ गतेको प्राण प्रतिष्ठान को उत्सवको व्यसतता ले गर्दा दर्ता न गरेको तथा आपसमा बसेर निष्कर्ष निकाल्ने सोच मनमा रहेको ले निवेदन दर्ता न गरेको बताए !
यता प्र अ महेन्द्र पण्डितले पनि अभिभावक को गुनासो विद्यार्थीहरूको गुनासो ले गर्दा  सरुवाको रमाना पत्र अहिले सम्म न दिएको तर नगर प्रमुख दिलीप अग्रवालले यथा सिघ्र शिक्षिका सिह लाई रमाना पत्र दिन को लागि ठूलो प्रेसर दिएको प्र अ पण्डितले बताए !आगामी तलब खाने इच्छा छ कि छैन जस्ता अनुचित शब्दको प्रयोग समेत  नगर प्रमुखले गरेको गुनासो अभिभावक एवम पत्रकार समक्ष सुनाए !
सरूवा गर्नु पर्ने अधिकार हुदैमा जतिबेला चाहे सरुवा गरिदिने कार्य अनुचित हो नगर प्रमुखले यसो गर्न मिल्दैन भन्ने भनाइ बुद्धीजिवि तर्फबाट काङ्ग्रेस का नेता राम नारायण मण्डल को थियो !
अभिभावक प्रदीप मण्डल ले पनि शिक्षिकाको सरुवा गर्ने कुरामा विरोध देखाएका छन् ! साथै विद्यालय को प्र अ जस्तो व्यक्तिलाई अनुचित शब्द प्रयोग गर्ने गरेकोमा नगर प्रमुख को घोर भर्त्सना गरेका छन् !
अभिभावक भेलामा आएका रंगेली ५ आमगाछी का रमेश मण्डलले पनि नगर प्रमुखले प्र अ लाई भनेको तलब खुवाउने जस्ता शब्द अनुचित रहेको बताए ! साथै जनसाधारण तथा शिक्षक लगायतका व्यक्तिलाई अनुचित शब्द प्रयोग गर्ने जुन आदत परेको छ त्यो जति सक्दो नगर प्रमुख लेसुधार्नु पर्छ  भने। !
                                      

Post a Comment

Previous Post Next Post