सुरेन्द्र मण्डल :रंगेली मोरङ
मोरङ जिल्ला को रंगेली नगर पालिका वडा न ५ आमगाछी मा ऋषि देव हरुको कुल देवता श्री १०८ दिना बद्री महायज्ञ तथा मेला को २२ गते सोमबार उद्दघाटन सम्पन्न भएको छ !
उक्त उद्दघाटन समारोह श्री १०८ दिना बद्री यज्ञ का अध्यक्ष सुकसर ऋषि देव को अध्यक्षतामा भएको थियो !
उद्घाटन समारोहमा प्रमुख अतिथि मोरङ क्षेत्र नं ५ का संघीय संसद योगेन्द्र प्रसाद मण्डल रहेको थियो भने विशिष्ट अतिथि मा ईलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक बुद्धी मान चौलागाई, नेपाल किसान महा संघका केन्द्र सदस्य हरि प्रसाद खनाल र वेद मनी घिमिरे रहेको थियो !अतिथि वर्गमा आवर प्रदेश का संचालक पारस मण्डल,स्थानिय बुद्धी जिवि अशेश्चर मण्डल,मोहन राजवंशी , रमेश कुमार मण्डल,स्थानिय प्रहरी चौकी क र ख का प्रमुखहरू सहित यस दिना बद्री महायज्ञ का व्यवस्थापन समिति का पदाधिकारी जागेश्वर मण्डल ,नरेश कुमार मण्डल,विनोद कुमार मण्डल ,दिलीप कुमार मण्डल ,सहित १०० भन्दा बढी संख्यमा श्रद्धालु भक्तजन को उपस्थिति रहे को थियो !
मञ्चमा आशिन प्रमुख अतिथि,विशिष्ट अतिथि,र अतिथि लगायत का व्यक्ति विशेष लाई ब्याच ,फूलमाला का साथ खाँदा ओढाई सम्मान गरिएको थियो!
कार्यक्रम को सुरुवात राष्ट्रिय गान बाट गरिएको थियो भने स्वागत मन्तव्य आवर प्रदेश का संचालक पारस मण्डल ले गरेको थियो !त्यतै कार्यक्रम को उद्घोषणमा यज्ञ समिति का सचिव नरेश कुमार मण्डल रहेको थियो!
कार्यक्रममा अतिथि, विशिष्ट ,अतिथि एवम प्रमुख अतिथिहरुले आफ्ना मन्तव्य राखेका थिए !
मन्तव्य का क्रम मा स्थानिय बुद्धी जीवी अशेस्वर मण्डल ले सामाजिक सदभाव का मन्तव्य राखेका थिए भने,विशिष्ट अतिथि किसान महासंघ का केन्द्र सदस्य हरि ढकाल ले केही कृषि सम्बन्धमा कुरा राख्दै किसान को अवस्था के छ !बजार व्यवस्थापन कस्तो छ ? किसान को हक हितमा हाम्रा संघीय संसद योगेन्द्र मण्डल को के सोच रहेको छ ? र वहाँले यस क्षेत्र बाट जितेर गए पछी किसान को हकमा संसद मा के कुरा राख्नु भएको छ भने विषय वस्तुमा प्रस्ट मन्तव्य राख्न प्रमुख अतिथिलाई आग्रह गर्दै आफ्ना मन्तव्य दिएका थिए !
मन्तव्य कै क्रममा सब भन्दा सान्दर्भिक मन्तव्य विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालयका प्रमुख बुद्धी मान चौलागाई ले दिएको थिए! ईलाका प्रहरी कार्यालय रंगेली का प्रमुख इन्स्पेक्टर बुद्धी मान चौलागाई ले आफ्ना मन्तव्यमा मुख्य तीन महत्त्वपूर्ण प्रसङ्ग मा कुरा राखेका थिए !
धार्मिक कार्य ले गर्दा व्यक्तिको मनमा सदभाव कायम हुन्छ ,धर्मले मान्छे लाई संस्कृत बनाउँछ ,धर्मले मान्छेलाई सही बाटो मा हिँड्न निर्देश दिन्छ ,
दलित समुदायमा खासगरी ऋषि देव समाजमा बाल विवाह अहिले पनि घटेको छैन , सानै उमेर मा चेली बेटी को विवाह गर्ने घटना हरू बढी भई रहेको देखिन्छ !
त्यसर्थ हरेक अभिभावकले अपना छोरा छोरी को विवाह कम्तीमा २० वर्ष नपुगी गर्न नहुने बताए ! र यस्ता कार्य मा संलग्न व्यक्ति को कानुनमा के सजाय छ भने प्रष्ट पार्दै युवा वर्गलाई लक्षितगरी मा प से वा लागू पदार्थ को गतिविधि का घटना र सजाय व्यवस्था का बारेमा बताए ! मा प से वा लागू पदार्थ ले मानिसको जीवन नरक बनाउँछ !वर्तमानलाई न भई भविष्य लाई समेत अंध्यारोमा पार्छ ! यस्ता क्रियकलाप नं गर्न युवा वर्ग लाई सुझाव दिएका थिए!
यस्तै कार्यक्रम को अन्तमा प्रमुख अतिथि संघीय संसद योगेन्द्र प्रसाद मण्डलले राखेको मन्तव्य कुनै खास देखिएन !जहाँ किसान को आस हाम्रा संघीय सांसद आज को प्रमुख अतिथि मा केन्द्रित रहेको थियो त्यही प्रमुख अतिथि माननिय सभासद ले किसान लाई पन्छाउँदै अपना मन्तव्य राखे !सभासद योगेन्द्र मण्डल ले मन्तव्य को अन्तमा आमगाछी का ऋषि देव समाज उथान का लागि परेवा पालन लाई व्यवसायिक बनाउने कुरा राखेका थिए ! आज समय को अभावले यस विषयमा थोरै मात्र कुरा राखे र हप्ता पछाडि पुनः यस ठाउँमा आएर परेवा पालन लाई कसरी व्यवसायिक बनाउने भने विषयमा विस्तृत रूपले बताउने वाचा गर्दै छु संसद योगेन्द्र प्रसाद मण्डल ले भने !
यस कार्यक्रम को मुख्य उदेश्य दिना बद्री महायज्ञ को उद्घाटन रहेको र समय काम रहेको ले कार्यक्रमका अध्यक्ष मन्तव्य कार्यक्रमलाई समापन गरी प्रमुख स्थिति ,विशिष्ट अतिथि र अतिथि लगायत का व्यक्ति सहित दिना बद्री कुञ्ज प्रवेश गरी माननिय संसद योगेन्द्र प्रसाद मण्डल को हातबाट रिवन काटी दिना बद्री महायज्ञ को उद्घाटन गर्यो !
Tags:
Dina badri mahayagy / dinabadri yagy ma sabhasad yigendra mandal /amgachhi dina badri 2080 /dina badri udghatan 2080
Dina bhadri 2080
Dina bhadri store
समाचार