नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आमगाछी मा सञ्चालनमा रहेको श्री१०८दिना भद्री २६ गते बिहीबार सम्पन्न

  • सुरेन्द्र मण्डल : रंगेली मोरङ

मोरङ को रंगेली ५ आमगाछीमा २१ गते देखि सञ्चालनमा रहेको श्री १०८ दिना भद्री मेला आज सम्पन्न भएको छ ! यही माघ २१ गते श्री १०८ दिना भद्री महा यज्ञ मेला को कलश यात्रा गरी २४घण्टा को मानश पाठ शुरू गरी २२ गते सोमबार सोही समयमा श्री१०८दिना भद्री अखण्ड कथा किर्तन को लागि कुञ्ज को उद्घाटन गरी शुरू भएको आयोजक समिति का अध्यक्ष सुकेश्वर ऋषि देवले बताए ! माघ २६ गते शुक्रबार दिनको ११ बजे सम्म श्री १०८ दिना भद्री अखण्ड कथा किर्तन को समापन गरी १ घण्टा को कुञ्ज सम्मेलन गरी झाँकी , सम्मान तथा बिदाई समारोह को आयोजना गरेको थियो ! 

उक्त समारोह यज्ञ समिति को अध्यक्ष सुकेश्वर ऋषि देव को अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि ऋषि देव समुदायका मैथली गायक नविन ऋषिदेव रहेको थियो ! बिशिष्ट अतिथि मा स्थानिय समाजकै जेष्ठ नागरिक अनुप लाल मण्डल ,अतिथि गन मा मोहन लाल राजवंशी ,अशेशवर मण्डल ,आवर प्रदेश का संचालक पारस मण्डल , पत्रकार सुरेन्द्र सागर, स्थानिय गायक वीरेन्द्र शाह, लगायत श्री१०८ दिना भद्री अखण्ड कथा किर्तन मा पाल्नु भएका किर्तन मण्डलीहरु भारत लताहा समाज का सभापति महेन्द्र ऋषि देव,भारत ढेंगरी कबैया समाज का सभापति मोहन रीषीदेव , भारत नेमुवा पिपरा समाजका सभापति जगदेव ऋषिदेव ,डांगि टोल कुढेली समाज का सोनेलाल ऋषि देव ,केरौन्जा समाज का सभापति जगदीश ऋषि देव ,चैता समाजका सभापति कैलु रुषिदेव र स्थानिय समाजका सभापति छट्टु ऋषि देव रहेको थियो !यज्ञ समिति गणका उपाध्यक्ष धनमन्ती देवी ऋषि देव,सचिव विनोद कुमार मण्डल ,सह सचिव नरेश कुमार मण्डल, कोषाध्यक्ष जागेश्वर प्रसाद मण्डल ,सदस्य बन्नु मालाकार,आनन्दी देवी रीषीदेब,चनसर देवी ऋषि देव ,नन्दलाल मण्डल ,दिलीप कुमार मण्डल ,अविन कुमार मण्डल रहेको र उक्त कार्यक्रम को उद्घोषक नेपाली कांग्रेस आमगाछी का वडा सभापति अरुण कुमार पण्डित रहेको थियो ! उक्त झाँकी तथा सम्मान कार्यक्रम किर्तन मण्डली का सभापति हरुले धार्मिक गीत भजन का साथै नृत्य प्रस्तुत गरेका थिए ! अतिथि को रूपमा पाल्नु भएको गायक वीरेन्द्र शाह ले समेत धार्मिक भजन पस्केका देखिए ! उक्त कार्य क्रम को मुख्य आक्रासक प्रमुख अतिथि को रूपमा पाल्नु भएको दिना भद्री कथा का मैथली गायक नविन रीषी देव रहेको थियो! नविन रीषी देवले आफूद्वारा गाइएका दिना भद्री गीत एल्बमका धार्मिक आधा दर्जन गीत ट्र्याकमा सुनाएर उक्त समारोहलाई भव्यता प्रदान गरेको थियो ! कार्य क्रमका अन्तमा यस श्री १०८ दिना भद्री यज्ञमा अहोरात खटेर बाजा गाजा का साथ अखण्ड कथा वाचन गर्ने अतिथि मण्डली का सभापतिहरु लाई प्रसाद तथा नगद पुरुषकार का साथै प्रमाण पत्र सहित खाँदा ओढाई सम्मान का साथ बीदाई गरेका थिए ! त्यतै यज्ञ मा सहयोग गर्ने मूर्ति कलाकार, टेण्ड हाउस ,साउण्ड सिस्टम,भोजनालय कार्यकर्ता ,स्वयंसेवक ,पत्रकार लगायत उपस्थित सम्पूर्ण सहयोगी हरुलाई प्रमाणपत्र का साथै खाँदा ओढाई सम्मान गरिएको थियो ! सभा अध्यक्ष सुकेश्वर ऋषि देव ले यो यज्ञ लाई भव्य र सभ्य तरिकाले पूरा गर्ने सम्पूर्ण सहयोगी तन्, मन,धनका सहयोगी  हातहरुलाई धन्यवाद दिँदै समारोह सम्पन्न गरेको थियो !

Post a Comment

Previous Post Next Post