नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

माता सरस्वती को हुन ? यसको पूजा किन ? र कसरी गरीन्छ

  1.  माता सरस्वती ब्रह्म की पुत्री हुन् ! शिव को वरदान बाट शिद्धी प्राप्त गरेकी यिनलाई संगीत,कला,साहित्य विद्या कि खानी मानिन्छ !माघ महिनाको शुक्ल पक्ष पञ्चमी तिथि मा माता सरस्वती को जन्म भएको र उक्त दिन देखि वसन्त ऋतु शुरु भएको ले यस दिन लाई वसन्त पञ्चमी को रूपमा मनाइन्छ !
माता सरस्वतीलाई महा विद्या,माहाबानी, भारती,बाज, शारदा ,आर्य, भ्रामी,कामधेनु जस्ता अनेक नामले सम्बोधन गरिन्छ !


श्वेत वस्त्र धारण गरेकी ,गोरो वर्ण की,सदा मुस्कुराई रहने,सर्वोत्तम रत्न द्वारा निर्मित आभूषण ले सुशोभित भएकी,एक हातमा बिना,एक हातमा पुस्तक ,एक हातमा स्फटीक माला, अभय मुद्रामा रहेकी ,सेतो कमल फूल मा आसीन र चतुर्भुजी राज हन्समाथि सवार भएकी माता सरस्वती जसको ब्रह्म विष्णु र शिव आदिले उपासना गर्नु हुन्छ !उनै माता सरस्वती हामी लाई निर्मल विद्या प्रदान गरोस् भनी  भावना सबैमा रको छ!
स साना नानी हरुलाई अक्षर आरम्भ गराउने दिन पनि यही दिन रहेको छ !भनिन्छ पढ्नमा अल्छी भएका विद्यार्थीले पनि यस दिन माता सरस्वती को वैधिक विधिअनुसार पूजा अर्चना गर्नाले विद्या, बाणी,प्रशिद्ध ,सु स्वास्थ्य , र दीर्घायु को आशीर्वाद प्राप्त हुन्छ !
लेख्ने को मसी,नं सकियोस्,बोल्नेको आवाज दुरुस्त रहोस् ,अनि हेर्नेको नजर खुल्ला रहोस् ! क देखि ज्ञ सम्मका वर्णमाला शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सधैं साथ दिउन् ,ए बी सी डी आदिका अक्षर प्रयोग जारी रही  रहोस्, व्याकरण ले साथ दिओस् ,संगीत का सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन्  !माता सरस्वती को असीम अनुकम्पा सकारात्मक शब्द हरु , भावहरु,  व्याख्यहरुको पदार्पण भई रहोस ,लेखक ,गायक, व्युटिसियन , सुचिकार,मूर्ति कलाकार सबैको अ आफ्नै शिक्षा कला संस्कृति को कामना माता संग रहेको हुन्छ !
भनिन्छ विद्या ,कला ,शब्द अनि विचार की देवी सरस्वतीलाई आज को दिनमा सबैले सम्झना गर्दै पूजा  गरिन्छ भनी भगवान  श्री कृष्णले वरदान दिएका हुन !
विद्यालय हरुमा आज विशेष रमझम रहन्छ तराई का विद्यालय मा माता सरस्वती को पूजा गरी प्रसाद को रूपमा हलुवा ,पूरी,बुनीया प्रसाद खुवाउने गरिन्छ भने कति पय विद्यालयमा सहकारी भोजन नै गर्ने गरेको पाइन्छ !

पञ्चमी को दिन तराई का विद्यालय हरुमा बांस ,केला का (दाम्चा )रुख हरियो पात आदि प्रयोग गरी सजाएको हुन्छ भने माता सरस्वती मन्दिर हरुलाई दुलही जस्तै शृङ्गारिएर का हुन्छन !

त्यतै विद्यार्थी को रौनकता यस दिनमा अधिक नै देखिन्छ ! हरेक विद्यार्थीहरू यस दिन विद्यालयका दैनिक  पोशाककलाई त्याग गरी आफ्नै ईच्छा अनुसार को रंग विरंगी पोसाकमा आई संगीत मई धुनमा रमाई रहेका हुन्छन् !
आमगाछीमा कहीले माता सरस्वती को मन्दिर निर्माण भयोकहिले मूर्ति स्थापना भयो?
 
मोरङ को रंगेली नगर पालिका वडा नं ५ आमगाछी को आमगाछी टोल स्थित रहेको श्री जन्ता मावि मा २०७९ साल माघ १० गते मंगलबार माघ महिना को शुक्ल पक्ष तृतीय तिथी मा संगमरमर शीला निर्मित विद्याकी देवीको मूर्ति को स्थापना भएको थियो !सोही दिन अर्थात् २०७९ साल माघ१० गते मंगलवार शुक्ल पक्ष तृतीया तिथिमा स्थानीय पण्डीत नारायण झाको दिशा निर्देशनमा विद्याकी देवी माता सरस्वतीको मूर्ति स्थापना गरि विधिवत रूपले मन्त्र उचारन गरी प्राण प्रतिष्ठान कार्य सम्पन्न गरेको थियो !
२०७९ साल माघ १२ गते बिहीबार प्रथम वसन्त पञ्चमी को रूपमा माता सरस्वती को पूजापाठ प्रारम्भ गरिएको थियो ! यस वर्ष २०८० साल फाल्गुन २ गते बुधबार उक्त शिला बाट  निर्मित माता सरस्वती को मूर्ति लाई  दोस्रो पटक श्री पञ्चमी मनाइँदै  पजा पाठ सम्पन्न हुँदै छ !
माता सरस्वती को पूजा मुख्य दुई दिनको कार्यक्रम हुने गरी माघ महिना को शुक्ल पक्ष पञ्चमी तिथी मा मुख्य रूपले पूजा पाठ गरी भोली पल्ट पुनः विसर्जित गर्न विधिवत पूजा पाठ गरी कच्ची मूर्ति हरु विसर्जनको लागि नदी तलाउ मा गई मूर्ति सेलाउने काम हुन्छ भने पक्की शिला द्वारा निर्मित मूर्ति को सरसफाइ गरी चढाइएका फूल पात प्रसाद आदिलाई मात्र पानीमा बिसर्जित गरी पूजा सम्पन्न हुन्छ !
रंगेली ५ आमगाछी को श्री जन्ता माध्यमिक विद्यालय मा रस्थापित संगमर्मर सिला बाट निर्मित मूर्ति भारतको सिलीगुड़ीबाट सम्पूर्ण खर्च सहित रु ४२,६०० भारतीय रुपैयामा ल्याईएको बिद्यालय को स्रोत बाट खुलेको छ !

Post a Comment

Previous Post Next Post