सुरेन्द्र मण्डल: मोरङ रंगेली !
२०८० साल फाल्गुन १६ गते सुनबर्शी ९ डाईनीया मा सञ्चालनमा रहेको श्री श्री १०८ अखण्ड हरी किर्तन आज समापन भएको छ !
उक्त यज्ञ २०८० साल फाल्गुन ९ गते कलश यात्रा गरि विधिवत फागुन १० गते सुनवर्षी नगर पालिका का नगर प्रमुख श्याम राजवंशीले अखण्ड हरि किर्तन को उद्घाटन गरेको थियो !
यज्ञ समिति द्वारा मुख्य १०८ घण्टा को अखण्ड हरिकिर्तन् को संकल्प गरेको भएपनि श्रद्धालु भक्त जनको अत्यधिक घुइँचो लाई मध्यनजर गर्दै उक्त हरीकुर्तन् लाई १४९ घण्टा सम्म गरेको र कालश यात्रा देखि हाल सम्म ८ दिन पूरा गरिसकेको हुनाले अझ यसलाई लमब्यउदा खल्लो हुने तथा सेवामा खटिएका किर्तन मण्डली लगायत अन्य सहयोग कर्ता हरुलाई अधिक परेशानी हुने हुँदा सबैको सल्हा सुझाव अनुरूप यस यज्ञ लाई समापन गर्ने निर्णय गरेको समिति अध्यक्ष निर्मल सिंह ले बताए !
१०८ घण्टा को अखण्ड हरीकीर्तन् का लागि११ वटा हरि किर्तन मण्डली ले भाग लिएका थिए ! ती किर्तन मण्डली हरुमा 3 वटा इंडिया बिहारका थिए भने ८ वटा किर्तन मण्डली आफ्नै नेपाल का रहेका थिए !
उक्त सकिर्तन मण्डली हरु फाल्गुन १० गते देखि यज्ञ स्थल मा उपस्थित भइ आफ्ना समय तालिकानुसारको
हरे राम हरे राम, राम राम हरे हरे !
हरे कृष्ण हरे कृष्ण ,कृष्ण कृष्ण हरे हरे !! को १22eesss se६ पदीय राम कृष्ण जाप संगै नाटक नृत्य प्रदर्शन गरि दर्शक लाई मनोरञ्जन तथा आनन्दित गरिरहेको थियो !
हरेक सकिर्तन मण्डलिहरुलाई कुन्जमा हरी किर्तन को लागि ३० मिनेटको समय दिएको यज्ञ समिति ले बताए !
दिन भरीमा १० सौ हजार को संख्यामा श्रद्धालु भक्त जन एवम मेला का सौकिन सेवाग्राही हरुको आगमन भई रहेको मेला समिति का अध्यक्ष निर्मल सिंह ले बताए !
मुख्य मेला को आक्रसनं को लागि यज्ञ स्थल को बाहिरी ग्राउण्डमा १० खन्ड मा आकर्षक मूर्तिहरू को स्थापना गरिएको थियो ! यज्ञ स्थल को बाहिरी खण्ड मा रहेको मूर्ति हरुमा श्री गणेश जी को मूर्ति दक्षिण पश्चिम कुनामा राखिएको थियो !बजरंगी वली को मूर्ति उत्तर पश्चिम कुन मा राखिएको थियो!लव कुश र अश्वमेध यज्ञ को घोडा सहित को दृश्य पनि उक्त यज्ञ स्थल मा स्थापित गरेको थियो जुन यज्ञ कुञ्ज को उत्तर पट्टि राखिएको थियो !
त्यतै महा भारत को चौसड किडा का द्रोपती चिर हरण को दृश्य लाई पनि मूर्ति को रूपमा स्थापित गरिएको थियो !जो कुञ्ज को उत्तरमा नै स्थापित गरेको थियो !
उत्तर पूर्व कुनामा अर्ध नागेश्वर को मूर्ति का साथै पूर्व मा पुतनाको विशाल मुर्ती मेला को आक्रशक को रूपमा रहेको देखिनथियो !
कुञ्ज को पूर्वमा राम लक्षमण र माता सब्री को मूर्ति एक खण्डमा रहेको थियो भने अर्कोमा विष्णु भगवान सहित यिनका दुई भक्त गजेन्द्र र मगर मच्छ को मूर्ति समेत श्रद्धालु हरुको आक्रसनं को ठाउँ रहेको थियो !
त्यस्तै कुञ्ज को सामुने दक्षिणमा चन्द्र लोक का दृश्यलाई स्थापित गर्नु को साथै कुन्जको दक्षिणमा नै समशान घाटमा राजा हरिश्चन्द्र,माता सब्या र मृतक रोहित, दर्जनौ मलामी लगायत स्याल र गिद्ध जस्ता दृश्य ले दर्शक लोभ्याउने गरेको देखिन्थियो !
कुञ्ज भित्र मा पनि आक्रसक ३ दर्जन भन्दा अधिक मूर्ति मुख्य कुञ्ज को भित्तामा स्थापित गरेको थियो भने कुञ्ज को भित्र विष्णुको विशाल विराट् रूप लाई हेर्न सकिन्थियो जुन विराट रूप महाभारतमा कृष्ण ले अर्जुन लाई देखाएका थिए उक्त दृश्यलाई मूर्ति कलाको रूपमा कुञ्जको मुख्य मूर्ति एवम श्रद्धालुको आक्रशक को रूपमा रहेको थियो !
मेला का अन्य आकर्षणको रूपमा मोरङको उर्लाबारी बाट आएका डायमण्ड कम्पनीका खेल तमासा जस्तै राम झूला ,ड्रागन ट्रेन,हवामहाल,जम्पिङ पिङ लगायत ब्रेक डान्स जस्ता रोमाञ्चकारी खेल को व्यवस्थापनले यज्ञ स्थल एवम मेलालाई प्रभावकारी बनाई श्रद्धालु लाई क्रशित गरेको थियो !
उक्त यज्ञ स्थल देखि मात्र १ किलो मिटर को दूरीमा इंडिया को सिकटी जस्ता खुल्ला नाका ले गर्दा यज्ञ स्थलमा नेपाल तथा इन्डियाका थुप्रै व्यपारी एवम हजारौंको संख्यामा श्रद्धालुको घुइँचो रहेको यज्ञ समिति ले बताए !
फाल्गुन १६ गते बुधबार यज्ञ को समापन पछी यज्ञ समिति ले किर्तनमण्डली लगायत अन्य सहयोगी टीम ,एवम कार्यकर्ता लाई सम्मान का लागि एक मंच तथा कार्यक्रमको आयोजना गरी किर्तन मण्डली द्वारा झाँकी प्रस्तुत संगै किर्तन मण्डली का सम्पूर्ण सभापति हरुलाई खाँदा ओढाई सम्मान गरी प्रसंशा पत्र तथा केही सहयोग राशि पनि उपहार स्वरूप दिएको थियो !
उक्त कार्यक्रम को अध्यक्षता यज्ञ समिति का अध्यक्ष निर्मल कुमार सिंह ले गरेको थियो ! त्यतै मञ्चमा अतिथि को रूपमा सुनबर्सि ९ का पूर्व अध्यक्ष कमल किशोर सिंह ,बुद्धिजिवी अमरेन्द्र कुमार सिंह ,अमाशु सिंह ,लगायत समिति का सदस्य गन ,सहयोगी साउण्ड सिस्टम , टेन्ड हाउस,बिजली, पानी, भान्सा सहयोगी र
यस यज्ञ का मूर्ति कलाकार स्थानिय वीरेन्द्र कुमार पासमान,शम्भु पासमान र उपेन्द्र पासमान का साथै
किर्तन्मण्डली मुख्य रहेको थियो !
Tags
खेलकुद