मोरङ को रंगेली नगर पालिका वडा न ३ बाबु साहेब टोल स्थित रहेको सन्थाल बस्ती मा चैत्र ३ गते शनिबार बिजुलीको तारबाट आग लागी हुँदा २८ घरपरिवार का घर टहरा जलेर खरानी भएको छ !
दिउँसो २:३० बजे लागे को आगोले पूरा सन्थाल बस्ती जलेर खरानी भएको प्रहरीले जनाएको छ ! शनिबार पछीया हावा चलेको बेला घर नजिकै रहेको बिजुली को तार एक आपसमा ठोकिँदा उक्त तार बाट झरेको आगोको झिनको घरको छानामा परी तेज हावा ले गर्दा थोरै समयमा आगो सल्केर २८ परिवारको घर जलेर खरानी भयो !
आगो जंगली मुर्मु को पशु गोठ बाट सल्किदै अन्य घरहरूमा थोरै समयमा विकराल रुप ली बस्ती नै सखाप बनाएको प्रहरीले जनाएको छ !
आगो लागेको घर बाट सरसामान निकाल्न खोज्दा २९ वर्षिय तलबेटी मुर्मुर सामान्य घाइते भएको र रंगेली अस्पतालमा उपचार भइरहेको प्रशासन स्रोतले जनाएको छ !
उक्त टोल बस्तीमा बाक्लो घर हरु रहेको र घरको बनावट बास ,सेन्ठी ,खर प्राली लगायत का टाटी बेराह एवम टीन को छाना ले गर्दा समयमा आगो नियन्त्रण गर्न नसकेकोले आगो विकराल रूप लिन पुगे को स्थानीय बताउछन !
धेरै घरहरूमा आगो साल्के पछी स्थानिय व्यक्ति तथा दमकल को सहयोगमा ४:३० बजे आगो नियन्त्रण मा लिएको मोरंग प्रहरी प्रमुख एसपी नवराज कार्की ले बताए !
आगो नियन्त्रण मा भए पनि पीडित हरेक परिवार को वर्ष भरिको अन्न नष्ट भएको देखिन्छ ! ग्रामीण क्षेत्र मा हरेक घर परिवारले वर्ष भरि को अन्न लाई भण्डारण गरी राख्ने परम्परा रहेको ले यही मंसिर पुष मा नै उब्जाउ गरी तयार पारी वर्ष भरि लाई पुग्ने गरी सबै घर परिवार ले राखेको धान चामल कसैले पनि बचाउन सकेन !

र जलन बाट जोगीए पनी आगो धुवा को सम्पर्क मा खान योगय न रहेको देखन सकीन्छ !
आफुले लगाएको लुगा बाहेक घर बाट कुनै पनि समान कुनै परिवार ले निकाल्न न पाउँदा उक्त बस्तीको २८ परिवार विच्चली हुन् पुगेको छन! खान , लौन,सुत्न ,बस्न आफ्नो न रहे पछी खुल्ला आकाशमुनि तिर्पाल लगाई सामूहिक रूपमा वसी अरूको सहयोग मा खान लौन बाध्य भएका छन!
हाल घरबारविहीन पीडितहरुलाई अनेक संघ संस्था एवम रंगेली नगर पालिका बाट आवश्यक खाना,लौन,सुत्न, बस्न,र ओढ्न उपयुक्त सामग्री वितरण भइरहेको सञ्चार माध्यमहरुले बताएका छन् !
कोशी प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला प्रशासन कार्यालय मोरङ ले संयुक्त रूपमा आगो पीडित लाई लत्ताकपडा , खाद्यान्न, खानेपानी सहितओछ्याउने,ओढ्ने जस्ता सामग्री बितरण गरेको छ !रेडक्रस सोसाइटी ,रंगेली नगर पालिका,लगायत
ओम साई राम संस्था ले मंगलबार राहत मा पीडित परिवारलाई खाद्यन्न का साथ लत्ता कपडा वितरण गरेको छ ! शिक्षा शाखा कर्मचारी एवम रंगेली नगरपालिका मा रहेका२७ विद्यालयका प्र अ द्वारा पाठन पाठन का सामग्री बितरण गरेको छ !

सुन चाँदी संघ विराटनगरले ले पनि आगो पीडित परिवारलाई खाद्यन्न का साथ लत्ताकपडा बितरण गरेको छ !यस्तै राहत वितरण कै क्रम मा रंगेली ९ मा रहेको दोहमना संघर्षशील युवा क्लब द्वारा पीडित परिवारलाई तयारी खाना खाजा को निरंतर व्यवस्था गरि रहेको देखिन्छ !
जिल्ला प्रशासन कार्यालय मोरङ द्वारा पीडित परिवारलाई परिवारको संख्या हेरी प्रत्येक परिवारलाई १५ -२० हजार नगद सहयोग को राशिमा २४ परिवार लाई १५०००/ र ४ परिवार लाई २००००/बितरण गरेको सहायक जिल्ला अधिकारी ले बताए !

नगरपालिका रंगेली ले पीडितहरुलाई आर्थिक सहयोग को लागि कृषि विकास बैंक को खाता न सार्वजनिक गर्दै
इच्छुक व्यक्ति,सर्वसाधारण एवम संघ संस्था लाई आर्थिक रूपमा सहयोग गर्न आवहान गरेको सूचना प्रकाशित गरेको छ ! In
