जनता समाजवादी पार्टी नेपाल को बिधान अनुसार रंगेली नगर समिति ले २६ सदस्य समिति गठन

सुरेन्द्र मण्डल : रंगेली मोरंग
शनिबार ६ गते  रंगेली को मेलिना होटलमा रंगेली नगर समिति रूपान्तर/पुनर्गठन को लागि पन्ना लाल मण्डल को अध्यक्षतामा रंगेली नगर पालिका अन्तर्गतको ९ वौ वडाहरु बाट जनता समाज वादी पार्टी का सक्रिय कार्य कर्ता हरुको भेला रहेको थियो !


उक्त भेला मा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री जयराम यादव  र विशिष्ट अतिथि ज स पा किसान सङ्घ का केन्द्र अध्ययक्ष सञ्जय सिंह , जनता समाज वादी पार्टी का जिल्ला सदस्य कैलाश मण्डल र जहदा गाँउ पालिका वडा नं ३ का वडाअध्यक्ष ज स पा का जिल्ला सदस्य अनिल ठाकुर रहेको थियो ! अतिथिमा  रंगेली नगर पालिका पदेन् सदस्य सरस्वती बहरदार, वडा नं ७ का   ज स पा वडा समिति अध्यक्ष दिनेश प्रसाद मण्डल वडा न ७ का जनार्दन शाह ,वडा न ४ का पूर्व अध्यक्ष भूपेन्द्र मण्डल ,ज स पा जिल्ला सदस्य शिशु पाल यादव ,जा स पा जिल्ला सदस्य दीपक ठाकुर , नविन मण्डल ,र युवा नेता नरेश कुमार मण्डल लगायत  ७० जना सक्रिय कार्यकर्ता को उपस्थिति  रहेको थियो !कार्यक्रम को उद्घोषण जन्ता समाज वादी पार्टी रंगेली का नगर सचिव भगवान चन्द यादव ले गरेको थियो !
उक्त कार्यक्रम मा अतिथि वर्गहरुले आफ्ना मन्तव्य पनि राखेका थिए !
युवा नेता नरेश मण्डलले सवागत मंतव्य राखेका थीए !
                                         
आफ्ना मन्तव्य मा अनिल ठाकुर ले जसपा पार्टीलाई संगठित बनाई आफ्ना कमी कमजोरीहरूलाई हटाउँदै लक्ष्य प्राप्ति को लागि अगाडी बढ्नु पर्छ ! जसपा एक उदयमान पार्टी को रूप मा रहेको छ उनले भने !
त्यस्तै विशिष्ट अतिथि जसपा किसान सङ्घ का केन्द्र अध्यक्ष सन्यजय  यादव ले भने ,रंगेली, कटहरी र विराटनगर मधेशी बलिदानी को ठाउँ रहेको छ ! यस भूमिमा महिला बलिदान भएका छन्! यही कारण हो कि रंगेली को नगरमा कम्ती मा एउटा महिला सदस्य सरस्वती बहृदार जसपा को द्धाजा को रूप मा खडा उभिएको छ ! पूर्व स्वास्थ्य मन्त्री जय राम यादवले आफ्ना मन्तव्य राख्दै नयाँगठित समिति को घोषणा गरेका थिए !आफ्ना मन्तव्यमा ‘ हतियार जति सुकै धारिलो भए पनि उक्त हतियार प्रयोग मा न ल्याउँदा उसमा खिया लाग्छ र हामी चाहिएको बेलामा प्रयोग गर्न खोज्दा काम गर्दैन कठिनाई हुन्छ !त्यस्तै हाम्रो पार्टी हो! यसलाई गठित गरेर मात्र हुँदैन समय अनुकुल भ्याए हरेक महिनामा नगर बैठक बस्नु पर्छ ! यसका साथै टोल टोल मा टोल समिति गठन गरी बैठक हरु नियमित गर्नु पर्छ ! पूर्व स्वास्थ्य मन्त्रीले नव गठित रंगेली नगर समिति को घोषणा गरेका थिए!
                                           
ज स पा का नव गठित नगर समिति मा अध्यक्ष पन्ना लाल मण्डल ,उपाध्यक्ष – नरेश कुमार मंडल, सचिव भगवान चन्द्र यादव ,उपसचिव -अशोक मंडल,कोषाध्यक्ष गिननी देवी मंडल,सदस्य भूपेन्द्र प्रसाद मण्डल,
लागाइत २६ सदस्य नगर समिति पुनर्गठन भएको छ ! नवगठित सम्पुर्ण नगर समिति लाई प्रमुख अतिथि ,विशिष्ट अतिथिहरुले अबिर लगाई सफल कार्यकालको शुभकामना एवम हार्दिक बधाई दिए का थिए !
Previous Post Next Post

Ads

نموذج الاتصال