नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ मा आगलागीबाट १६ घर ध्वस्त, एक बालकको मृत्यु

 मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६, कदमाहा गाउँमा भएको आगलागीमा १२ घरपरिवारका १६ वटा घर जलेर नष्ट भएका छन्। यस घटनामा ३ वर्षीया बालिका रेश्मा खातुनको जलेर मृत्यु भएको छ।

आगलागी मंगलबार दिउँसो साढे १२ बजे सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। चर्को घाम र हावाहुरीका कारण आगो तीव्र रूपमा फैलिएको थियो, जसले गर्दा नियन्त्रणमा समस्या भएको थियो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, र वरपरका नगरपालिका तथा गाउँपालिकाका दमकलहरू परिचालित भएका थिए।

Post a Comment

Previous Post Next Post