नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

 

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

स्थानीय बासिन्दा, यात्रीहरू, किसानहरू, तथा सम्बन्धित निकायहरूलाई सम्भावित प्रभावहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ। मौसम परिवर्तनका कारण हुन सक्ने असरहरूलाई न्यून गर्नका लागि सबै पक्षहरूलाई सचेत रहन अनुरोध छ।

Post a Comment

Previous Post Next Post