नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

स्पाइसजेटले पाँच वर्षपछि नेपालमा उडान पुनः सुरु

मे १० देखि दिल्ली–काठमाडौं मार्गमा बोइङ ७३७ विमानमार्फत दैनिक सेवा संचालन

काठमाडौं — भारतीय निजी विमान सेवा कम्पनी स्पाइसजेटले पाँच वर्षपछि नेपालमा नियमित उडान सेवा पुनः सुरु गरेको छ। कम्पनीले २०२५ मे १० देखि दिल्ली–काठमाडौं मार्गमा बोइङ ७३७ विमानमार्फत दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पुनःउडानको औपचारिक स्वागत गरिएको थियो। स्पाइसजेटका प्रवक्ताले नेपालसँगको हवाई सम्बन्ध पुनः कायम गर्न पाउँदा कम्पनी खुसी भएको जनाएका छन्।

कोभिड–१९ महामारी र व्यावसायिक कारणले उडान स्थगित गरेपछि कम्पनीले अब पुनः नेपाली यात्रुहरूलाई सहज र किफायती सेवा उपलब्ध गराउने बताएको छ।
नेपाल पर्यटन बोर्डले पनि यस कदमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


Post a Comment

Previous Post Next Post