भगवान चन्द यादव नगर सभापतिमा सर्वसम्मत चयन, १५० भन्दा बढीको उपस्थिति
रंगेली, वैशाख २७ — जनता समाजवादी पार्टी नेपालले मोरङको रंगेली नगरपालिका–७ स्थित मेलिना होटलमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता पूर्व नगर अध्यक्ष पन्ना लाल मण्डलले गरेका थिए।
नगर अधिवेशनले भगवान चन्द यादवलाई सर्वसम्मत रूपमा नगर सभापतिमा चयन गरेको छ। साथै, अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा मिनाशाह सोनार र गोविन्द मण्डल, सचिवमा भागवत मण्डल, उपसचिवमा दिपु मण्डल, कोषाध्यक्षमा संजय राय चयन भएका छन्।
सदस्यहरूमा पुनम राय, आशा मण्डल, राधेश्याम मण्डल, पप्पु कुमार शाह, महानन्द यादव, शंकर ऋषिदेव, लालो ऋषिदेव, योगेश मण्डल, नन्दकिशोर राजवंशी, विनोद मण्डल, पंकज मण्डल, दिलिप मण्डल, प्रमिला बहादुर, अनिता राय, बिमला देवी शाह लगायत सहभागी थिए।
कार्यक्रममा जिल्ला अध्यक्ष राजकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशेष अतिथि रंगेली नगर नेपाली कांग्रेस सभापति जगनाथ मण्डल, जनमत पार्टी नगर सभापति रुपेश यादव, र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटी थिए। १५० भन्दा बढीको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि यादवले मधेश आन्दोलनको सन्दर्भ स्मरण गर्दै नव-निर्वाचित नेतृत्वलाई आन्दोलनका सहिदहरूको सपना साकार पार्न निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।