नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

विद्युत् सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि

नेपालले १० महिनामा १०,००० भन्दा बढी इभी (EV) चारपांग्रे गाडी आयात गर्‍यो

नेपालले चालु आर्थिक वर्षको पहिलो १० महिनामा झन्डै १०,००० वटा विद्युत् (इलेक्ट्रिक) चारपांग्रे सवारीसाधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

भन्सार विभागका अनुसार, विद्युत् सवारीसाधनप्रति बढ्दो उपभोक्ता आकर्षण, कर छुट र पेट्रोलियम इन्धनको मूल्यवृद्धिले आयातमा यस्तो बृद्धि देखिएको हो। अघिल्लो वर्ष सोही अवधिमा करिब ५,००० वटा मात्र विद्युत् सवारीसाधन आयात भएका थिए।

सरकारले हरित ऊर्जा प्रवर्द्धन गर्न लिएको नीतिले पनि यो प्रवृत्ति बढेको विश्लेषण विज्ञहरूले गरेका छन्।

नेपालमा निजी सवारीको रूपमा मात्रै नभई, सार्वजनिक यातायातमा पनि क्रमशः विद्युत् सवारीसाधनको प्रयोग बढ्न थालेको छ। यो अवस्थाले ईन्धन आयातमा निर्भरता घटाउन र वातावरणीय प्रदूषण कम गर्न मद्दत गर्ने विज्ञहरूको भनाइ छ।


Post a Comment

Previous Post Next Post