मलेसियामा सिक्युरिटी ड्युटीमा रहेका नेपाली युवा सोम बहादुर दाहालको निधन

धनकुटाका दाहालको निधनले परिवार र समुदायमा शोक, शव नेपाल ल्याउन पहल

धनकुटा, — धनकुटा महालक्ष्मी नगरपालिका–१ का स्थायी बासिन्दा सोम बहादुर दाहालको मलेसियामा कार्यरत रहँदा निधन भएको छ। सुरक्षा गार्ड (सिक्युरिटी) को रूपमा काम गर्दै आएका दाहालको मृत्युले उनका परिवार र स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।

परिवारका अनुसार, दाहालको शव यथासक्य चाँडो नेपाल ल्याउन सम्बन्धित निकायसँग पहल भइरहेको छ। मलेसियन प्रहरीले निधनको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ।

दाहालको अकालमा भएको निधनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता पुनः उठाएको छ।




Post a Comment

Previous Post Next Post