नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

दिल्लीमा पहिलो पटक कृत्रिम वर्षाको तयारी, वायु प्रदूषण घटाउने लक्ष्य

दिल्लीमा पहिलो पटक कृत्रिम वर्षाको तयारी, वायु प्रदूषण घटाउने लक्ष्य

दिल्ली,  — भारतको राजधानी दिल्लीमा पहिलोपटक कृत्रिम वर्षा गराउने तयारी अन्तिम चरणमा पुगेको छ। जुलाई ४ देखि ११ सम्म क्लाउड सिडिङ प्रविधिको प्रयोग गरी कृत्रिम वर्षा गरिनेछ, यदि मौसम अनुकूल रह्यो भने। प्रदूषणका कारण दमघोट्ट वातावरणमा बाँचिरहेका दिल्लीवासीलाई राहत दिने उद्देश्यले दिल्ली सरकार यो प्रयोग गर्न लागिरहेको हो।

पर्यावरण मन्त्री मंजीन्दर सिंह सिरसाका अनुसार, यो प्रयास दिल्लीमा वायू गुणस्तर सुधार्ने दिशा तर्फको पहिलो ठोस कदम हो। यो परियोजनाका लागि ३.२१ करोड भारु बजेट छुट्याइएको छ।

कसरी गरिन्छ कृत्रिम वर्षा?

कृत्रिम वर्षा गराउन प्रयोग हुने क्लाउड सिडिङ प्रविधिमा नमीयुक्त बादलहरूमा सिल्वर आयोडाइड, नुन लगायतका कणहरू विशेष विमानमार्फत छरिन्छन्। ती कणहरूले बादलभित्र जलकणहरूलाई ठूलो र भारी बनाएर वर्षा गराउँछन्।

आईआईटी कानपुरको वैज्ञानिक टोलीले यो प्रविधि दिल्लीको वातावरणअनुकूल बनाएको हो। यस अन्तर्गत ५ उडानमार्फत ९० मिनेटका परीक्षण हुनेछन्, जहाँ हरेक पटक १०० वर्ग किलोमिटर क्षेत्रफलमा क्लाउड सिडिङ गरिनेछ।

मौसम विभाग र उड्डयन विभागसँग सहकार्य

दिल्ली सरकारले भारत मौसम विज्ञान विभाग (IMD) सँग समन्वय गरी मौसम अनुकूल भएको बेला कृत्रिम वर्षा गर्ने अनुमति मागेको छ। साथै मौसम प्रतिकूल भएमा वैकल्पिक मिति प्रयोग गर्न नागरिक उड्डयन महानिर्देशनालय (DGCA) सँग पनि अनुमति मागिएको छ।

राजनीतिक आरोप-प्रत्यारोप

यस घोषणापछि दिल्लीको राजनीतिक तापक्रम समेत बढेको छ। आम आदमी पार्टी (AAP) का नेता सौरभ भारद्वाजले प्रश्न उठाए: “जब प्राकृतिक मानसून आउन लागेको छ, तब कृत्रिम वर्षा किन?” उनले सरकारमाथि लोकप्रियता कमाउने नाममा धनको दुरुपयोग भएको आरोप पनि लगाए।

तर मन्त्री सिरसाले भने, "हामीले सम्झौता, बजेट, अनुमति सबै चार महिनामा पूरा ग¥यौं, अरूले केवल भाषण गरे, हामीले काम गरेर देखायौं।"

परिणाममुखी प्रयास

विशेषज्ञहरूका अनुसार यदि मौसम अनुकूल रह्यो भने यो प्रयोग सफल हुन सक्छ। यसले न केवल दिल्लीमा वायु प्रदूषण घटाउन सहयोग पुर्याउनेछ, तर नेपाल लगायतका सहरहरूलाई समेत यस्तो प्रविधि अपनाउन प्रेरणा दिन सक्छ। तर मौसम र बादलको नमी नपुगेमा यो प्रविधि सीमित मात्र प्रभावकारी हुने चेतावनी पनि दिइएको छ।


Post a Comment

Previous Post Next Post