सर्लाहीको बागमती माविमा S.E.E नतिजामा चरम लापरवाही, १२६ विद्यार्थीको नतिजा बेपत्ता

श्री बागमती माध्यमिक विद्यालय, सिसौटबाट सहभागी सबै विद्यार्थीको S.E.E नतिजा प्रकाशित नभएपछि अभिभावक आक्रोशित, लापरवाहीबारे छानबिनको माग

सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित श्री बागमती माध्यमिक विद्यालय, सिसौटमा एस.ई.ई. (S.E.E) नतिजासम्बन्धी गम्भीर लापरवाही भएको उजुरी सार्वजनिक भएको छ।

यस वर्ष १२६ जना विद्यार्थी परीक्षा दिएका थिए तर कसैको पनि नतिजा प्रकाशित भएको छैन। यस घटनापछि विद्यालय व्यवस्थापन, शिक्षा शाखा र परीक्षा नियन्त्रण कार्यालयको उपेक्षापूर्ण भूमिकामाथि प्रश्न उठेको छ।

स्थानीय अभिभावक र युवाहरूले विद्यालय राजनीतिक अखाडामा परिणत भएको आरोप लगाएका छन्। “यो स्कुलमा कहिले भ्रष्टाचारको मुद्दा, कहिले पदपलायन — पढाइभन्दा बाहिरका गतिविधिमा बढी ध्यान दिइन्छ,” एक अभिभावकको भनाइ छ।


Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad