उद्योग, वाणिज्य तथा निर्माण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुरेन्द्र मण्डल :रंगेली !आषाढ १५ ! कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यक्रम कोशी प्रदेश विराटनगर मोरङको आयोजनामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
२०७९ असार १५ गते रंगेली नगरपालिका वडा नं. ७ मा अवस्थित मेलिना होटलको सभा हलमा सम्पन्न कार्यक्रममा करिब १०० जना व्यापारी तथा उद्यमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्योग दर्ता सम्बन्धी प्रक्रिया, कुन उद्योग कुन कार्यालयमा दर्ता गर्ने, उद्योगको वर्गीकरण, अनुगमन तथा निरीक्षण, अभिलेख व्यवस्थापन, आयकर तथा भन्सार महसुल सम्बन्धी छुटका विषयमा जानकारी दिइएको थियो। साथै, उद्योग दर्ता गर्दा उद्यमीलाई हुने फाइदा र दर्ता नगरेको अवस्थामा भोग्नुपर्ने कानुनी कारवाहीबारे समेत चर्चा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख अधिकृत भवानी घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका जिल्ला अध्यक्ष चेतनाथ निरौलाको उपस्थिति रहेको थियो। अतिथिहरुमा जिल्ला सदस्य पशुपति लाल दास, रंगेली व्यापार प्रवद्र्धन समिति अध्यक्ष सन्तोष कुमार शाह, र घरेलु तथा साना उद्योग संघ रंगेलीका अध्यक्ष काली चरण ठाकुर समेत सहभागी थिए।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, पालिका समिति रंगेलीको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूलाई बिहान चना, चिउरा, दही र केरा खुवाइ कार्यक्रमको शुभारम्भ गरिएको थियो भने, समापनपछि मासु भातको खानाले विदाई गरिएको थियो।
कार्यक्रमले उद्योग दर्ता सम्बन्धी चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको प्रतिक्रिया थियो।