असार १५ : राष्ट्रिय धान रोपाइँ दिवस देशभर हर्षोल्लासपूर्वक मनाइयो

धान खेतीको सुरुआतको प्रतीकको रूपमा मनाइने असार १५ मा किसानले दही-चिउरा खाँदै खेतमा रोपाइँ गरे, सरकार र संघसंस्थाले कार्यक्रम आयोजना

असार १५, नेपालमा राष्ट्रिय धान रोपाइँ दिवसको रूपमा देशभर हर्षोल्लासपूर्वक मनाइएको छ। किसान, कृषि विज्ञ, सरकारी तथा गैर–सरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्।

असार १५ लाई धान खेतीको औपचारिक शुरुवातको दिन मानिन्छ। देशभरका किसानहरूले खेतमा रोपाइँ गर्दै दही–चिउरा खाएर पर्वको आनन्द लिएका छन्। खेतमा हिलो खेल्दै लोकगीत, नाचगान र पारम्परिक भेषभूषा प्रदर्शन यो पर्वको विशेषता हो।

सरकारले २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रूपमा औपचारिक रुपमा मनाउन थालेको हो। यस वर्षको नारासमेत “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” राखिएको छ।

कृषि मन्त्रालय, प्रदेश तथा स्थानीय तहहरूले धान उत्पादन बढाउने र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले धान दिवसमा प्रचार–प्रसार, प्रविधि प्रदर्शनी, रोपाइँ प्रतियोगिता जस्ता कार्यक्रमहरू सञ्चालन गरेका छन्।

धान नेपालको मुख्य खाद्यान्न बाली हो। देशको कुल खाद्यान्न उत्पादनमा करिब ४०% योगदान दिने धान खेती कृषकहरूको जीविकोपार्जनको मुख्य आधार हो। यसले रोजगारी, खाद्य सुरक्षाको सुनिश्चितता र आर्थिक विकासमा समेत योगदान पुर्‍याउँछ।

Previous Post Next Post

Ads

نموذج الاتصال