नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आमगाछीमा हरभेष्टर सेवा प्रभावहीन, किसानको धान खेतमै कुहिने अवस्थामा

आमगाछीमा मण्डल को हरभेष्टर सेवा प्रभावकारी नहुँदा किसान समस्यामा, धान खेतमै कुहिने अवस्थामा

मोरङ — रंगेली नगरपालिका–५ स्थित आमगाछी टोलका किसानहरू अहिले गहिरो चिन्तामा छन्। उनीहरूको बाली १५ दिन अघि नै काटिसक्नुपर्ने भए पनि अझैसम्म खेतमै थन्किएको छ। माननीय सांसद योगी मण्डलको पहलमा राहत स्वरूप पठाइएको मिनी हरभेष्टर मेसिनले किसानको पीडा कम गर्नुको साटो थपिएको गुनासो उनीहरू गरिरहेका छन्।

जीवन विकास  संस्थामार्फत सञ्चालित उक्त हरभेष्टर मेसिन दिनको कम्तीमा १० घण्टा सञ्चालन हुनुपर्ने भए पनि चालक अभाव, ट्र्याक्टरको कमी र व्यवस्थापनको कमजोरीका कारण दैनिक ४–५ घण्टामात्र सञ्चालन हुँदै आएको छ। संस्थाले कार्यालय समय अनुसार मात्र सेवा दिने नीति लिएको छ— बिहान १० बजे सुरु भई साँझ ४ बजे बन्द हुने। किसानहरूको आवश्यकता विपरीत यस्तो समयतालिकाले धान भित्र्याउने मुख्य सिजनमा पनि सेवा प्रभावकारी हुन सकेको छैन।

२४ गते शनिबार सांसद मण्डलले आयोजना गरेको अस्पताल उद्घाटन कार्यक्रममा मेसिन चालकहरूलाई सहभागी गराइएपछि किसानको काम पूर्ण रूपमा ठप्प भयो। “धान खेतमै कुहिने अवस्थामा छ,” एक स्थानीय किसान भन्छन्, “हामी घण्टाघण्टा तनावमा छौं, तर सांसदको ‘कम्पन’ सेवा किसानसँग गम्भीर खेलवाड जस्तो भइसक्यो।”

किसानहरू अहिले तत्कालीन व्यवस्थापन सुधार, वैकल्पिक मेसिनको व्यवस्था र स्थायी समाधानको माग गरिरहेका छन्। उनीहरू भन्छन्, “हामी राहत खोजिरहेका थियौं, तर पाएको छौं निराशा।”

Post a Comment

Previous Post Next Post