नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कोशी प्रदेशको बजेट : कृषि सुधार, मल उत्पादन र ऋण अनुदानमा विशेष ध्यान

रु ३५.८८ अर्बको बजेट पारित, जैविक कृषि र कृषि व्यवसायलाई प्राथमिकता

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३५ अर्ब ८८ करोड को बजेट प्रस्तुत गरेको छ। अर्थ तथा योजना मन्त्री रामबहादुर मगरले बजेट विवरण सार्वजनिक गर्दै प्रदेशको प्राथमिकता क्षेत्र कृषि रुपान्तरण रहेको बताएका छन्।

यस वर्षको बजेटले माटोको गुणस्तर सुधार, जैविक मल उत्पादन, र व्यावसायिक खेती प्रवर्द्धन जस्ता कार्यक्रमहरूलाई केन्द्रमा राखेको छ। साथै, गाई पालन, चिया खेती, फलफूल र जडीबुटी व्यवसाय विस्तारका लागि पनि विशेष कार्यक्रम समावेश गरिएका छन्।

किसानलाई प्रोत्साहन गर्न कृषि ऋणमा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ। विगतको बजेटमा ४० करोड रुपैयाँको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनमा कठिनाइ देखिएको स्वीकार गर्दै, यसपटक सुधारात्मक रणनीति लागू गरिने मन्त्री मगरले बताएका छन्।

प्रदेश सरकारले ‘उत्पादनसँग जोडिएको बजेट’ का रूपमा कृषिलाई आधुनिक र दिगो बनाउने दीर्घकालीन योजना अघि सारेको छ।

Post a Comment

Previous Post Next Post