नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कोशी प्रदेश सरकारको ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक, स्वास्थ्य, कृषि र पर्यटनमा प्राथमिकता

२०७९/८० को तुलनामा ६० करोडले बढेको बजेट, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानदेखि निःशुल्क बाल उपचारसम्मको घोषणा

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो।

आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले समावेशी, समान र दिगो विकासलाई लक्षित गरी बजेट बनाइएको जानकारी दिनुभयो।

मुख्य प्राथमिकता क्षेत्रहरू:

१. स्वास्थ्य सेवा:

  • ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ विनियोजन

  • शैलेजा कार्डियोलोजी केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति

  • ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान

  • सबै अस्पतालमा मानसिक स्वास्थ्य सेवा विस्तार

  • औषधि खरिदमा ३ करोड ६१ लाख

  • सरकारी अस्पतालमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार

  • विद्यालय नर्सिङ कार्यक्रमको निरन्तरता

  • प्रदेश प्रयोगशालाको स्तरोन्नतिको लागि ३ करोड

२. कृषि, उद्योग तथा सहकारी:

  • २ अर्ब १८ करोड विनियोजन

  • फलफूल उत्पादन, प्रशोधन र बजारीकरणमा १६ करोड ६५ लाख

  • कृषिऋण ब्याज अनुदानमा १४ करोड

  • गुड एनिमल हस्पेण्ड्री’ कार्यक्रमका लागि २ करोड २० लाख

  • रेबीज नियन्त्रण कार्यक्रम

  • चक्रीय कोष स्थापनामा २ करोड

  • चिया सम्मेलनमा २ करोड

३. पर्यटन, वन तथा वातावरण:

  • कुल २ अर्ब ९७ करोड ६६ लाख बजेट

  • २०८२ लाई पर्यटन वर्ष घोषणासँगै विशेष कार्यक्रम

  • पर्यटन प्रवर्द्धनको लागि १ करोड

मन्त्री रानामगरको भनाइ:

“स्वास्थ्य सेवा सबैका लागि सुलभ र गुणस्तरीय बनाउनु हाम्रो लक्ष्य हो। साथै, कृषिमा लगानी वृद्धि गरी उत्पादन र रोजगारी दुवै बढाउने नीति लिएका छौं।”

Post a Comment

Previous Post Next Post