नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

गुजरातको महिसागर नदीमाथिको पुल भत्किँदा १५ जनाको मृत्यु, ४ अझै बेपत्ता

४५ वर्ष पुरानो पुल अचानक भत्किँदा सवारीसहित नदीमा खस्दा ठूलाे जनधनको क्षति, दक्षिण गुजरात–सौराष्ट्र यातायात प्रभावित

गुजरातको बडोदरा र आनन्द जिल्लालाई जोड्ने महिसागर नदीमाथिको पुरानो पुल बुधबार भत्किँदा १५ जनाको ज्यान गएको छ। दुर्घटनापछि बुधबार नै १३ जनाको शव फेला पारिएको थियो भने बिहीबार बिहान थप २ जनाको शव महिसागर नदीबाट निकालिएको छ। घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनाको बेला दुई ट्रक, दुई कार र एक रिक्सा पुलबाट खस्न पुगेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको किनारमै अड्किएको अवस्थामा भेटिएको छ। दुर्घटनामा अझै ४ जना बेपत्ता रहेका छन् र उनीहरूको खोजीका लागि उद्धार कार्य जारी छ।

उक्त पुल करिब ४५ वर्ष पुरानो रहेको बताइएको छ। यो पुल दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्ने महत्वपूर्ण मार्ग थियो। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडबाट सौराष्ट्रतर्फ पुग्नुपर्ने यात्रामा निकै असजिलो भएको छ, र अब यात्रुहरूलाई अहमदाबाद हुँदै लामो मार्ग प्रयोग गर्नुपर्ने भएको छ।

प्रारम्भिक जानकारी अनुसार, पुलको जीर्ण अवस्थाका कारण यो दुर्घटना भएको अनुमान गरिएको छ। भारतीय अधिकारीहरूले घटनाबारे छानबिन सुरु गरेका छन् र वैकल्पिक मार्ग तथा पुनर्निर्माणको विषयमा छलफल भइरहेको जनाएका छन्।

Post a Comment

Previous Post Next Post